आइतबार, कात्तिक ३०, २०८२

रेडी स्टेडीपछि चेन्‍नेर्इ एक्सप्रेस

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
नयाँ दिल्ली- शाहरुख खान र दीपिका पादुकोणलार्इ स्टारर्डमको थप उचाइमा पुर्‍याएको चलचित्र चेन्नेई एक्सप्रेसले ८ अगस्त २०१८ पाँच वर्ष पूरा गरेको छ।

यो मौकामा दिपिकाले इन्स्टग्राममा एउटा 'विहाइन्ड द सी' भिडियोमा शेयर गरेकी छिन्। ८ अगस्त २०१३ मा रिलिज भएको फिल्मलाई रोहित शेट्टीले निर्देशन गरेका थिए। 

फिल्मले सबैभन्दा ज्यादा कमाई गर्नेको सूचीमा सूचीकृत छ। अहिलेसम्म पद्‍मावतपछि दिपिकाको करियरमा सबैभन्दा धेरै व्यापार गर्ने फिल्म हो। चेन्नेई एक्सप्रेसमा मिना लोचिनी उर्फ मिना म्माको भूमिकामा रोहित शेट्टीले दिपिकालाई छानेका भने थिएनन। रोहितले पहिला करिना कपूरलाई लिन चाहेका थिए। जसले गोलमाल रिटर्न्समा काम गरिसकेका थिए। 

त्यतिखेर करिना तलाश फिल्ममा व्यस्त थिइन। त्यसकारण चेन्नेई एक्सप्रेस दिपिकाको खातामा गएको थियो।

फिल्मका अधिकांश सिनहरु ऊटीमा शूट गर्नु थियो । तर शाहरुखले मुम्बई भन्दाधेरै टाढा भएकोले पंचगनीको छेउमा वाईमा हिलस्टेशनको सेट लगाएका थिए। जसमा ४० दिनसम्म शुटिङ गरिएको थियो र शेट बनाउन १.५ करोड लागेको थियो।

शाहरूख खानले तय गरेका थिए कि उनको हर चलचित्रमा पहिला लिड एक्ट्रसको नाम क्रेडिटमा आउने छ र त्यसपछि हिरोको। त्यसकारण चेन्नेई एक्सप्रेसमा क्रेडिटमा दिपिकाको नाम पहिला र त्यसपछि हिरोको। 

त्यसकारण चेन्नाई एक्सप्रेसमा क्रेडिटमा दिपिकाको नाम पहिला र पछि शाहरुखको नाम पछि आएको थियो। रोहित शेट्टीले पहिला फिल्मको नाम रेडी स्टेडी राख्न चाहेका थिए। र उनी चेन्नाई एक्सप्रेस नाममा राजी थिएनन । तर शाहरुख दिपिकाको ट्रेनवाला सिन र फिल्मको थीम साउथको भएकाले यसको नाम चेन्नाई एक्सप्रेस भएको थियो। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्