शुक्रबार, वैशाख १४, २०८१

के होला डेप र हर्डको मुद्दा?

बिहीबारको सुनुवाईमा डेपका पूर्व एजेन्ट तथा प्रबन्धकहरुले डेपको लागू औषध दुर्व्यसनबारे गवाही दिएपछि मुद्दा निष्कर्षमा पुग्न सकेको थिएन।
 |  बिहीबार, जेठ १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ १२, २०७९

अमेरिकी कलाकार जोनी डेप र अमेरिकी अभिनेत्री एम्बर हर्डबीच मुद्दाको अन्तिम फैसला आउनेबारे चर्चा सुरु भएको छ। बिहीबार मुद्दाको छिनोफानो हुने बताइएको भएपनि अन्तिम समयमा सुनुवाईलाई मे २७ मा सारिएपछि केही ढिला गरी फैसला आउने भएको हो। 

triton college

बिहीबारको सुनुवाईमा डेपका पूर्व एजेन्ट तथा प्रबन्धकले समेत उनको लागुऔषध दुर्व्यसनीबारे बयान दिएका छन्। हर्डका वकिलले भने बारम्बर डेपको दुर्व्यसनीबारे कुरा खोतल्दै उनले आफ्नी पूर्वपत्नी हर्डमाथि हातपात गरेको दाबी गरिरहेका छन्।

सन् १९९० को दशक डेपसँग केही महिना ‘डेटिङ’ गरेकी अभिनेत्री एलेन बार्किनले डेपबारे वर्णन गर्दै उनी ईर्ष्यालु र नियन्त्रणमा राख्न खोज्ने प्रवृत्तिका भएको बताएकी छन्। 'कहाँ कोसँग किन जाँदैछौ?' आदिजस्ता प्रश्न डेपले बारम्बार गरिरहने उनको भनाइ छ।

आफूसँग डेट गरिरहँदाको एक घटना सम्झँदै बार्किनले भनिन्, 'एक पटक मेरो ढाडमा चोट लागेको थियो। यो देखेर डेप एकदमै रिसाएका थिए। अर्कैसँग यौनसम्बन्ध राख्दा त्यस्तो चोट लागेको आरोप उनले ममाथि लगाएका थिए।' उनका अनुसार डेप अधिकांश समय मदिरा र लागुऔषधमा लठ्ठिन्थे। 

corrent noodles
Metro Mart
अहिले चलिरहेको मुद्दा के विषयमा?

डेपले आफ्नी पूर्वपत्नी एम्बरविरुद्ध ५ करोड अमेरिकी डलर बराबरको मुद्दा दर्ता गरेका छन्। सन् २०१८ मा कलाकार जोनी डेप र एम्बर हर्डबिचको मानहानीको मुद्दा चलेको हो। 

सन् २०१८ मा वासिङ्टन पोस्टमा प्रकाशित सामग्रीमा हर्डले आफूलाई 'घरेलु हिंसा दर्शाउने सार्वजनिक व्यक्तित्व' भनी उल्लेख गरेकी थिइन्। सोही विषयलाई लिएर डेपले आफ्नी पूर्व पत्नी एम्बर विरुद्ध ५ करोड अमेरिकी डलर बराबरको मानहानीको मुद्दा दर्ता गरेका हुन्। सो लेखमा हर्डले डेपको नाम खुलस्त रुपमा नतोके पनि त्यसैका कारण आफूले चलचित्रमा रोल (भूमिका) गुमाउनु परेको डेपको दाबी छ।

डेपको मुद्दाको प्रतिशोध गर्दै हर्डले १० करोड अमेरिकी डलर बराबरको मुद्दा दायर गरेकी हुन्। डेपको कानूनी टिमले भने हर्डको त्यस्तो दाबीलाई झुटो दाबी गरेका छन्।

सन् २०१५ देखि २०१७ सम्म दाम्पत्य जीवन जिएका यी दुईले एक अर्कामाथि शारीरिक हिंसाको आरोप लगाउँदै आएका छन्। डेप र हर्डको भेट सन् २००९ मा द रम डायरीको सेटमा भएको थियो। जसमा दुवैले प्रेमी-प्रेमिकाको भूमिका निभाएका थिए।

सम्बन्ध विच्छेदको घडीमा दुवैले संयुक्त विज्ञप्ति जारी गर्दै लेखेका थिए, 'हाम्रो सम्बन्ध भावुक हुनुका साथै कहिलेकाहीँ अस्थिर तर सँधै प्रेमले बाँधिएको थियो।'

मुद्दाको सम्भावित परिणाम

दुवै पक्षका वकिलले बयान सकेपछि अदालतले फैसला सुनाउने छ। निर्णायक मण्डलले सन् २०१८ मा प्रकाशित हर्डको लेखले डेपको बदनामी गरेको-नगरेबारे निर्णय गर्नेछ।

हर्डले बदनामी गरेको पुष्टि भएमा उनले डेपलाई क्षतिपूर्ति तिर्नुपर्नेछ। डेपले दाबी गरेको ५ करोड अमेरिकी डलर बराबर अथवा थप-घट क्षतिपूर्ति अदालतले तोकिदिन सक्नेछ। हर्डको पक्षमा मुद्दा समाप्त भए उनले डेपलाई केही दिनुपर्ने छैन। फौजदारी मुद्दा नभएको हुनाले दुवै पक्षलाई जेल सजाय भने तोकिने छैन। 

प्रकाशित: May 26, 2022| 07:13 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्