मंगलबार, वैशाख २५, २०८१

मोरङ : जसलाई हराए, उनीहरुले नै हराइदिए

नेकपा एमालेले ९ वटा स्थानीय तहको प्रमुख जितेको छ। कांग्रेसले ८ वटामा चित्त बुझाएको छ। ०७४ को स्थानीय तहको निर्वाचनको सफलतालाई कांग्रेसले कायम राख्न सकेन।
 |  सोमबार, जेठ ९, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, जेठ ९, २०७९

विराटनगर– मोरङका १७ वटै स्थानीय तहको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। नेकपा एमालेले ९ वटा स्थानीय तहको प्रमुख जितेको छ। कांग्रेसले ८ वटामा चित्त बुझाएको छ। ०७४ को स्थानीय तहको निर्वाचनको सफलतालाई कांग्रेसले कायम राख्न सकेन। अघिल्लो निर्वाचनमा ५ वटा जितेको एमालेले पालिका संख्या दोब्बर बनाएको छ। माओवादी केन्द्र र जसपाले मोरङको पालिका प्रमुखमा खाता खोल्न सकेनन्।

triton college

जसलाई हराए, उनीहरुले हराइदिए

सुन्दरहरैंचा, जहदा र ग्रामथानमा ०७४ को निर्वाचनमा प्रमुख पदमा हराउनेहरुले यस पटक उनीहरुलाई नै हराइदिएका छन्। सुन्दरहरैंचा नगरपालिकामा एमाले उम्मेदवार केदारप्रसाद गुरागाईले निवर्तमान नगर प्रमुख कांग्रेस उम्मेदवार शिवप्रसाद ढकाललाई पराजित गरिदिएका छन्। ९६८ मत अन्तरले पराजित भएका गुरागाईले यस पटक ढकाललाई ७२७ मतान्तरले पाखा लगाए।

जहदा गाउँपालिकामा जनता समाजवादी पार्टीका कैलाशप्रसाद मण्डललाई नेपाली कांग्रेसका जितेन्द्र साहले पराजित गरे। अघिल्लो निर्वाचनमा मण्डलले कांग्रेसका साहलाई १ हजार ३९० ले पराजित गरेका थिए। अहिले साहले मण्डललाई २ हजार ४५३ मतान्तरले पराजित गरिदिए। साहले जसपाको प्रभावक्षेत्र खोस्न पनि सफल भए।

ग्रामथान गाउँपालिकामा एमालेका शिवनारायण माझीले अघिल्लो निर्वाचनमा ५९ मतान्तरले तत्कालिन मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदवार भएका जयप्रकाश गच्छदार थारुलाई पराजित गरेका थिए। फोरम लोकतान्त्रिक र कांग्रेसको एकीकरणपछि यसपटक पुन:  थारुले नै टिकट पाए। माझीलाई १ हजार १२ मतान्तरले हराउँदै अघिल्लो पटक हारेको बदला समेत लिए।

corrent noodles
Metro Mart

केराबारी गाउँपालिकाको अघिल्लो निर्वाचनमा विजयी भएका रोहित कार्की यसपटक पराजित भए। एमालेका नविन थापा मगरलाई २८२ ले हराएका थिए। कार्कीलाई यसपटक थापा मगरका छोरा सुमनले १ हजार ४२० मतान्तरले हराउँदै बुवालाई हराएको बदला लिए।

नेकपा एमालेले ९ वटा स्थानीय तहको प्रमुख जितेको छ। कांग्रेसले ८ वटामा चित्त बुझाएको छ। ०७४ को स्थानीय तहको निर्वाचनको सफलतालाई कांग्रेसले कायम राख्न सकेन।

उर्लाबारी नगरपालिकामा अघिल्लो निर्वाचनमा एमालेका भूपाल जिमीलाई ३ हजार ९० मतान्तरले पराजित गरेका कांग्रेसका खड्ग फागो यस पटक एमाले उम्मेदवार गंगा खरेलसँग पराजित भएका छन्। खरेलले उनलाई १ हजार ८६६ मत अन्तरले पाखा लगाईदिए।

०७४ को निर्वाचनमा कटहरी गाउँपालिकामा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट उम्मेदार भएर २ हजार ८८४ मत सहित तेश्रो भएका देवराज चौधरी कांग्रेसबाट विजयी भएका छन्। उनले एमालेका सुवास सरदारलाई ८८३ मतान्तरले पराजित गरे।

बुढीगंगा गाउँपालिकामा मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका बालेन्द्र माझीसँग ७९० ले पराजित भएका जितनारायण थापा मगर एमालेका बलभद्र सरदार थारुलाई ४१९ मतान्तरले हराउँदै निर्वाचित भए। यसअघि तेश्रो भएका सरदार अहिले निकटम प्रतिद्धन्द्धी बने।

लेटाङको अघिल्लो निर्वाचनमा कांग्रेसका शंकर राईसँग ३०५ मतान्तरले पराजित भएका एमाले उम्मेदवार भूपेन्द्र लावती यस पटक विजयी बने। उनले कांग्रेसका ज्ञानेन्द्र ढकाललाई २ हजार १२२ मतान्तरले पाखा लगाईदिए।

सुनवर्षी नगरपालिकामा अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट उम्मेदवार भएर १ हजार ५८९ मतान्तरले नेपाली कांग्रेसका कालिप्रसाद दाससँग पराजित भएका श्यामप्रसाद राजवंशी यसपटक एमालेबाट उम्मेदवार बने। राजवंशीले कांग्रेसका उम्मेदवार यज्ञबहादुर कार्कीलाई १ हजार ६८७ मतान्तरले पराजित मात्रै गरेनन् कांग्रेसको प्रभाव क्षेत्र खोस्न पनि सफल भए।

धनपालथान गाउँपालिकामा ०७४ को निर्वाचनमा कांग्रेसका हरिलाल सिंहसँग ३५२ ले हारेका एमाले उम्मेदवार मुसहरु मण्डल भने यसपटक पनि पराजित भएका छन्। कांग्रेसका जिवछप्रसाद गच्छदारसँग २७१ मतान्तरले पराजित भए।

रंगेली नगरपालिकामा भने पुनः दिलिप अग्रवाल (वगडिया) निर्वाचित भएका छन्। ०७४ को निर्वाचनमा अग्रवालसँगै पराजित भएका नेपाली कांग्रेसका मोदराज घिमिरे यसपटक पनि पराजित भएका छन्। अघिल्लो निर्वाचनमा बगडियाले घिमिरेलाई १ हजार ८८२ मतान्तरले पराजित गरेका थिए। यसपटक ३ हजार ८ सय मतान्तरले पराजित गरिदिए। अघिल्लो कार्यकालमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका उनी यसपटक एमाले प्रवेश गरी पुनः मेयर उम्मेदवार बनेका थिए।

दोहोर्‍याउने प्रमुखहरु पराजित, उपप्रमुख विजयी

मोरङमा ६ स्थानीय तहका प्रमुखहरुले पुनः उम्मेदवारी दिएका थिए। उर्लाबारीका खड्ग फागो, सुन्दरहरैचाका शिवप्रसाद ढकाल, केराबारीका रोहित कार्की, ग्रामथानका शिवनारायण माझी, जहदाका कैलाशप्रसाद मण्डल र रंगेलीका दिलिप अग्रवाल (वगडिया) ले पुनः उम्मेदवारी दिएका थिए। रंगेलीका वगडिया बाहेक अन्य सवै पराजित भएका छन्।

०७४ को निर्वाचनमा विजयी भएका ४ वटा स्थानीय तहका उपप्रमुखहरुले पुनः उम्मेदवारी दिएका थिए। उम्मेदवारी दिएका मध्ये लेटाङकी कृष्णकुमारी निरौला, बुढीगंगाकी अमृता गच्छदार, धनपालथानकी नासिमा वानो र रतुवामाईकी दमयन्ता चुडाल दोश्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

तर, कटहरीकी उपप्रमुख मञ्जिता सरदार र जहदाकी सालो साह भने पराजित भए। अघिल्लो निर्वाचनमा कानेपोखरीको उपप्रमुखमा निर्वाचित राजमति इङ्नामको बढुवा भएको छ। उनी गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएकी छिन्।

प्रकाशित: May 23, 2022| 08:46 सोमबार, जेठ ९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।