मंगलबार, असार ९, २०८३

एसिया भ्रमणमा निस्किए बाइडेन, निशानामा चीन

अमेरिकी राष्ट्रपति जो बाइडेन सत्ता सम्हालेको १६ महिनापछि एसिया भ्रमणमा निस्किएका छन्। राष्ट्रपति बाइडेन शुक्रबार दक्षिण कोरिया पुगेका हुन्।
 |  शुक्रबार, जेठ ६, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ६, २०७९

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेन सत्ता सम्हालेको १६ महिनापछि एसिया भ्रमणमा निस्किएका छन्। राष्ट्रपति बाइडेन शुक्रबार दक्षिण कोरिया पुगेका हुन्। राष्ट्रपतिको रुपमा बाइडेनले आफ्नो एसिया भ्रमणको पहिलो स्टप दक्षिण कोरियालाई बनाएका छन्। 

National life

रोयटर्सका अनुसार उनले कोरियाली क्षेत्रमा भइरहेको चिनियाँ प्रभावलाई काउन्टर गर्दै आर्थिक सम्बन्ध बलियो बनाउन चाहेका छन्। बाइडेन अमेरिकी राष्ट्रपति बाइडेन दक्षिण सिओलमा रहेको अमेरिकी सैन्य बेसमा अवतरण गरेका हुन्। 

उनले दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपति यून सुक योलसँग भेट गर्दै दुबैले सामसङ इलेक्ट्रोनिक्सको प्लान्टको अवलोन गर्ने कार्यक्रम छ। बाइडेनले अघि बढाएको इन्डो प्यासेफिक इकोनमिक फ्रेमवर्क (आईपीईएफ) सदस्यको रुपमा दक्षिण कोरिया संलग्‍न हुने अपेक्षा गरिएको छ। यस विषयमा पत्रकारहरुले सोधेको प्रश्‍नमा राष्ट्रपति यूनले भने, ‘आईपीईएफमा संलग्‍न हुँदा चीनसँगको आर्थिक सम्बन्धसँग कहीँ पनि बाँझिदैन।’ 

उत्तर कोरियाको भ्रमण सकेर राष्ट्रपति बाइडेन जापान प्रस्थान गर्ने कार्यक्रम छ। पाँच दिने एसिया टुरमा निस्किएका राष्ट्रपति बाइडेनले रुसले युक्रेनमा गरेकोजस्तो आक्रमण चीनले एसिया र विशेषगरी तिब्बती क्षेत्रमा नगर्ने सुनिश्‍चितताका लागि भएको विश्लेषकहरुले बताएको रोयटर्सले जनाएको छ। उनले जापानमा प्रधानन्त्री फुमियो किशिदासँग भेट गर्नेछन्। 

बाइडेनको भ्रमणलाई चीनले नजिकबाट हेरिरहेको जनाएको छ। बाइडेनको भ्रमणका क्रममा स्थापना गरिने आईपीईएफका विषयमा विदेशमन्त्रालयका प्रवक्ताले झाओ लिजियानले कुनै पनि फ्रेमवर्कले तेस्रो पक्षलाई लक्षित गर्न नहुने र तेस्रो पक्षको हितविपरीत हुन नहुने बताएका छन्। 

Shivam cement

उनले भने, ‘जापानलाई पनि यस विषयमा विदेशमन्त्री वाङ यीले बताइसक्नु भएको छ। सम्पूर्ण क्षेत्रीय सहकार्यका फ्रेमवर्कहरुले शान्ति र विकासलाई केन्द्रमा राख्दै आपसी विश्‍वास र सहकार्यको मान्यतालाई अघि बढाउनुपर्छ। अमेरिकाले बाइडेनको एसिया भ्रमणका क्रममा त्यसलाई के भन्छ( इन्डो(प्यासेफिक इकोनमिक फ्रेमवर्क सुरु गर्ने समाचारहरुलाई जानकारीमा राखेका छौं। चीनले सधैं क्षेत्रीय सहकार्यका फ्रेमवर्कहरुले तेस्रो पक्षलाई कुनै असर गर्न हुँदैन।’ 

उनले अमेरिकाले ताइवान कार्ड खेलिरहेको समेत बताएका छन्। उनले भने, ‘अमेरिकाले ताइवान कार्ड खेलिरहेको छ। ताइवानका स्वतन्त्र शक्तिहरुलाई अमेरिकाले गलत सन्देश प्रवाह गरिरहेको छ। यस्ता कदमले चीन(अमेरिका सम्बन्धलाई असर गर्नुका साथै ताइवानको शान्ति, स्थायित्वको पनि अवमूल्यन हुनेछ।’ 

यही समयमा बाइडेन प्रशासनकै प्रतिनिधि अहिले भारत(नेपाल भ्रमणमा रहेकी छन्। तिब्बत मामिला विशेष संयोजकसमेत रहेकी उपमन्त्री उज्रा जियाले धर्मशाला पुगेर तिब्बती धर्म गुरु दलाई लामा र निर्वासनमा रहेका तिब्बती सरकारका प्रतिनिधिलाई भेटेर शुक्रबार नेपाल आएकी हुन्।

धर्मशाला पुगेर दलाई लामा र उनका प्रतिनिधिहरुसँग गरेको जियाको भेटप्रति पनि चीनले आक्रोश व्यक्त गरेको छ। चाइना डेलीका पत्रकारले अमेरिकी उपमन्त्री तथा तिब्बत मामिला विशेष संयोजकको भ्रमण र भेटघाटका विषयमा सोधिएको प्रश्‍नको जवाफमा प्रवक्ता लिजियानले भने, ‘तिब्बत चीनको एक हिस्सा हो भन्‍ने कुराको प्रतिबद्धतालाई अमेरिकाले सम्मान गर्नुपर्छ।’ 

निर्वासनमा रहेको भनिएको कथित तिब्बत सरकार एक बाहिरी पृथकतावादी राजनीतिक समूह भएको पनि उनले टिप्पणी गरेका छन्। उनले भनेका छन्, ‘निर्वासनमा रहेको भनिएको तिब्बत सरकारको गठन चीनको संविधान र कानुनको पूर्ण उल्लंघनमा अवैध संगठन हो। यसलाई विश्वको कुनै पनि देशले मान्यता दिएको छैन।’

१४ औं दलाई लामा एक धार्मिक व्यक्तित्वको रूपमा एक राजनीतिक निर्वासनमा रहेको र उनी लामो समयदेखि चीन विरोधी पृथकतावादी गतिविधिमा संलग्‍न रहेको प्रवक्ता लिजियानले बताएका छन्। उनले तिब्बतलाई चीनबाट अलग गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै भनेका छन्, ‘कथित तिब्बती मुद्दाका लागि अमेरिकी विशेष संयोजकको नियुक्ति चीनको आन्तरिक मामिलामा हस्तक्षेप हो। चीनले यसको कडा विरोध गर्दै आएको छ र यसलाई कहिल्यै मान्यता दिएको छैन।’

प्रकाशित: May 20, 2022| 20:05 शुक्रबार, जेठ ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...