बिहीबार, वैशाख १३, २०८१

किन फिल्म र वेब सिरिजमा देखाइन्छ युपीको अपराध?

ठूलो आकार र जनसंख्याका कारण भारतको राजनीतिमा प्रभुत्व जमाउने उत्तर प्रदेश अहिले चलचित्रकर्मीहरुको पहिलो रोजाइ बन्दै गएको छ।
 |  शनिबार, जेठ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ७, २०७९

triton college
corrent noodles
Metro Mart
उत्तर प्रदेशका साना सहरहरुमा आधारित कम बजेटका चलचित्रको सफलताले चलचित्र र उद्योगलाई थप कथाहरु सिर्जना गर्न आकर्षित गरेको छ।
ठूलो आकार र जनसंख्याका कारण भारतको राजनीतिमा प्रभुत्व जमाउने उत्तर प्रदेश अहिले चलचित्रकर्मीहरुको पहिलो रोजाइ बन्दै गएको छ। मिर्जापुरदेखि पाताल लोकसम्मका चर्चित शो राज्यमा आधारित छन्। यसमा पारिवारिक शत्रुता र हत्या हिंसा देखाइएको छ।
बलिउडका लागि अपराधको कथा नयाँ होइन। सन् १९९८ मा मुम्बईमा आधारित ग्याङ्स्टर ड्रामा फिल्म 'सत्या'पछि, हिंसक र डार्क फिल्महरूको शृंखला सुरु भयो जसले सहरको सतह मुनि दौडिरहेको अपराध संसारको यात्रा गर्छ।
तस्बिर : जंगली पिक्चर
यूपीबाट आएका निर्देशकले ल्याएको परिवर्तन
'सत्य'देखि आमजनतामा मुम्बई अन्डरवर्ल्डको छाप कमजोर भए पनि नयाँ युगमा हुने अपराधमा आधारित चलचित्रमा भने यसको प्रभाव देखिएको छ।
फिल्म समीक्षक उदय भाटियाले आफ्नो पुस्तक 'बुलेट अफ बम्बे'मा लेखेका छन्, 'सत्यले हिन्दी सिनेमामा ठूलो परिवर्तन ल्याएको छ, यसको विरासतमा काम गर्ने, यसको सफलताबाट लाभान्वित भएका र आफ्नै तरिकामा समावेश भएका छन्।'
यसमा निर्देशक अनुराग कश्यप र विशाल भारद्वाज समावेश छन्, जो दुवै उत्तर प्रदेशका हुन्। विशाल भारद्वाजले उत्तर प्रदेशमा आधारित धेरै हिट फिल्महरू बनाएका छन्।
दिल्ली युनिभर्सिटीमा पढाउने लेखक तथा फिल्म निर्माता अनुभा यादव भन्छिन्, 'सत्यभन्दा पहिले हिन्दी फिल्मले कथामा खासै फोकस गरेका थिएनन्। मलाई लाग्छ कि कथामा आधारित हिन्दी सिनेमाका लागि महत्त्वपूर्ण भयो र त्यसपछि फिल्महरुले फरक किसिमको सौन्दर्य देखाउन थाले। मलाई लाग्छ वेब सिरिजले यसलाई नयाँ उचाइमा पुर्‍याइरहेको छ।'

तर केही आलोचकहरुले पनि समस्या औंल्याएका छन्। उत्तर प्रदेशको शाहबादमा बस्ने एक समाजशास्त्री मोहम्मद सईद भन्छन्, 'सत्य वास्तविक थियो। त्यसपछिका सबै फिल्महरु एउटै कुराको नक्कल जस्तो देखिन्छन् तर तिनीहरुमा नयाँ अनुहार, नयाँ उखान र नयाँ गालीहरु मात्र छन्।' यादव भन्छन्, 'सत्य'को सफलतापछि उदय भएको नयाँ विधाले दर्शकलाई आकर्षित गर्न एक किसिमको हिंसाको प्रयोग गरेको छ।'

उत्तर प्रदेशले यसको भौगोलिक स्थान र जनसंख्याको विविधताका कारण फिल्म निर्माताहरुलाई फाइदा पुर्‍याउँछ। तर, यो बाहेक राज्यले दिने धेरै कुरा छन्। राज्यलाई यसको गंगा(जमुनी तेहजीब (हिन्दू मुस्लिमहरुको साझा संस्कृति) को श्रेय दिइएको छ। यसका साथै साहित्य, कला, संगीत र नृत्य जगतका धेरै दिग्गजहरु पनि यहाँ जन्मिएका छन्।

तर, आजको कार्यक्रममा राज्यको यो जटिलता देखिए पनि त्यो कमजोर मात्रै हो। यादव भन्छन्, 'यो कविहरुको भूमि हो। कवि गालिबको भूमि हो। यसमा १८५७ को क्रान्तिजस्ता ठूला ऐतिहासिक कथाहरु छन्।'
तस्बिर : रामगोपाल बर्मा
तर यसको अर्थ राज्यमा अपराध हुँदैन भन्ने होइन। प्रहरी मुठभेड, घृणाले प्रेरित हिंसा र महिला विरुद्धको अपराधहरु यहाँ हेडलाइन बन्छन्। तर उत्तर प्रदेशको हिंसा अन्य ठूला राज्यको तुलनामा फिल्म र टिभि कार्यक्रममा बढी देखाइएको छ। तर, यी राज्यहरुमा पनि वर्षेनी दशौं हजार अपराध दर्ता हुन्छन्।

हिंसाको विरोधमा युपीलाई देखाउने कथाहरु
सन् २०२० मा एक अन्तर्वार्तामा, पटकथा लेखक जुही चतुर्वेदीले भनेकी छन्, 'यहाँ धेरै भन्दा धेरै इतिहास, कला र संगीत छ। बन्दुकभन्दा पनि धेरै अरु पनि छन्।' चतुर्वेदीले लेखेको गत वर्षको फिल्म 'गुलाबो-सिताबो'ले पुरानो बंगलालाई लिएर घरधनी र भाडामा लिनेहरुबीचको झगडा देखाएको थियो।

लेखकले लखनउमा फिल्म बनाएकी थिइन् जहाँ उनी आफै हुर्किएकी थिइन्। उनले कथालाई अगाडि बढाउन स्थानीय कठपुतलीको सहयोग लिए।

अरु धेरै फिल्महरु पनि आएका छन् जसमा एक गोली पनि नचलाएर उत्तर प्रदेशको हास्यास्पद कथाहरु देखाइएको छ। 'शुभ मंगल' 'जरा सावधान' र 'बरेलीकी बर्फी' यसका उदाहरण हुन्।

चतुर्वेदी भन्छन्, 'कुनै सहर वा माहौलका धेरै बाटाहरु हुन्छन्, हो, अपराध पनि त्यसको एउटा हिस्सा हो। तर उत्तर प्रदेश र बिहार जस्ता राज्यहरुमा अपराधभन्दा बाहेक पनि अरु धेरै छन्।'

राज्यको विषयमा गहिरो बुझाइ नभएकाको लागि एउटा चर्चित भनाइ छ सबैभन्दा ठूलो जनसंख्याको राज्य, धेरै साम्प्रदायिक ठाउँ, जातीय ठाउँ भन्ने प्रयोग गर्दा समस्या उत्पन्न हुने यादवको विश्वास छ। विभिन्न रंगहरू नदेखिने गर्छ।राज्यबाट अपराधका समाचार आउने र त्यसरी सामान्यीकरण गर्दा राज्य र जनतालाई एक्लो पार्छ भन्ने यादव र सैयद दुवैको धारणा छ।
तस्बिर : दृश्यम फिल्मस्
एउटा कार्यक्रमका लागि अनुसन्धानमा सघाउने सईदले राज्यलाई राष्ट्रिय स्तरमा हेर्ने दृष्टिकोणमा ठूलो असर पर्ने कुरा स्वीकार्छन्।

यसअघिका निर्देशकहरूले उत्तर प्रदेशमा आधारित बहुआयामिक फिल्महरू बनाएका छन्, त्यो पनि हिंसाबाट बच्न। यादव भन्छन्, 'विशाल भारद्वाजको 'ओमकारा'मा पनि हिंसा छ तर यसले कहिल्यै हावी हुँदैन र फिल्मको प्रमुख भाग बनाउँदैन।' 'मसान' जस्ता स्वतन्त्र फिल्मले राज्यको दिनप्रतिदिन अपराधलाई चित्रण गरेको छ।

सन् २०१२ मा जब अनुराग कश्यपले कोइला माफियामा आधारित फिल्म 'ग्याङ्ग्स अफ वासेपुर' बनाए, स्थानीयले उनीहरूको दैनिक जीवनको असंवेदनशील प्रदर्शनको विरोध गरे र यसलाई भ्रामक भएको भन्दै आलोचना गरे। दुई भागमा आएको 'ग्याङ्ग्स अफ वासेपुर'ले अविभाजित बिहारको वासेपुर सहरलाई देखाएको थियो। धेरैले फिल्मलाई निकै खतरनाक भनेका छन् तर निर्देशकले फिल्म वास्तविकताभन्दा नजिक रहेको भन्दै बचाउ गरेका छन्।

सईद सम्झन्छन्, 'अनुराग कश्यपको फिल्मले बिहार र झारखण्डलाई असहज बनायो। फिल्ममा भारतीय लोक संगीतको एक विधा थियो जुन उनीहरूको क्षेत्रीय संगीतको रूपमा प्रस्तुत गरिएको थियो। मानिसहरूलाई पनि उत्पीडन गरियो।'

यता यादवले नयाँ शोमा हिंसालाई सूत्रका रूपमा प्रयोग गरिएको र चलचित्रको लोकेसनभन्दा फरक देखिएको बताउँछन्। यस कारणले कार्यक्रम भाषा र क्षेत्र बाहिर जान्छ किनकि यहाँ सन्दर्भ कम हुन्छ।

सेक्रेड गेम्स र आर्य जस्ता सहरमा आधारित थ्रिलर शोहरूका लागि चीजहरु धेरै फरक छैनन्, यादव भन्छन्, 'यदि सेक्रेड गेम्स उत्तर प्रदेशमा आधारित छ भने कल्पना गर्नुहोस्, त्यसो भए कत्तिको परिवर्तन हुन्छ? हिंसाको प्रतिनिधित्व उस्तै रहने भएकाले धेरै परिवर्तन होला जस्तो मलाई लाग्दैन।'
तस्बिर : भाइकम १८ पिक्चर्स
उनी भन्छिन्, 'यदि मिर्जापुर गुजरातमा बनाइयो भने भाषिक तर्क बाहेक धेरै परिवर्तन हुन सक्दैन। बनारसको संस्कृति र भावना देखाउने मुक्ति भवन र मसान जस्ता फिल्मको कुरा फरक भए पनि यहाँको जस्तो अन्त नबन्न सक्छ। '

आजकल यस्ता किसिमका शोहरु ठूला स्ट्रिमिङ प्लेटफर्महरुले बनाउँदै आएका छन् जसको प्रवर्द्धनका लागि ठूलो बजेट छ। यादव भन्छन्, 'यदि यो परिवर्तन भयो भने अझै धेरै परिवर्तन आउनसक्छ भन्ने मलाई लाग्छ।'

-बीबीसी हिन्दीका लागि मेरिल सेबस्टियनले तयार पारेको सामग्री पवन घिमिरेले भावानुवाद गरेका हुन्।
प्रकाशित: May 21, 2022| 13:30 शनिबार, जेठ ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।