सोमबार, वैशाख ८, २०८२
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • सलमान खानको सांगीतिक कार्यक्रमका लागि ३२ ट्रक प्राविधिक उपकरण नेपाल ल्याइँदै

सलमान खानको सांगीतिक कार्यक्रमका लागि ३२ ट्रक प्राविधिक उपकरण नेपाल ल्याइँदै

दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सलमानसहित सोनाक्षी सिन्हा, प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावा र ज्याकलिन फर्नान्डिज लगायतका कलाकार आउने भनिएको छ। तर, नायिका ज्याकलिन फर्नान्डिज भने नआउने भएकी छन्।
 |  बुधबार, जेठ ४, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ४, २०७९

vianetvianet

काठमाडौं- जेठ १४ गते दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रमका लागि ३२ ट्रक प्राविधिक उपकरण नेपाल ल्याइँदैछ। ओडीसी इन्टरटेन्मेन्ट तथा सिटी होटल एण्ड स्वीटका संस्थापक सिमान्त गुरुङका अनुसार साउण्ड सिस्टम र सेटका लागि चाहिने प्राविधिक सामान लिएर उक्त ट्रक भारतबाट नेपाल आउँदै गरेको हो। उनले भने, ‘फरक-फरक ठाउँबाट आउने भएकाले साउड सिस्टम नेपालमा पर्सीसम्म आइपुग्छ।’ 

triton college

दशरथ रंगशालामा हुने सांगीतिक कार्यक्रममा सलमानसहित सोनाक्षी सिन्हा, प्रभु देवा, मुदस्सर खाना, अभिनेता मनिष पल, आयुश शर्मा, सई मांजरेकर, पार्श गायक गुरु रन्धावा र ज्याकलिन फर्नान्डिज लगायतका कलाकार आउने भनिएको छ। तर, नायिका ज्याकलिन फर्नान्डिज भने नआउने भएकी छन्। 

‘मनी लन्ड्रिङ’ सम्बन्धी अदालतमा विचारधिन मुद्दाको छानबिन निरन्तर हुने भएका कारण ज्याकलिनका वकिलले विदेश यात्राको अनुमति सम्बन्धी निवेदन फिर्ता लिएका हुन्। सायद मुद्दाको छिनोफानो नभएसम्म उनी विदेश यात्रामा निस्कन पाउने छैनन्। सलमानको ‘द ब्याङ रिलोडेड टूर’मा ज्याकलिन सदस्य समेत छन्।

उनको स्थानमा दक्षिण भारतीय अभिनेत्री पूजा होग्डे आउने पनि बताइएको छ। १० वर्षअघि ओडीसी इन्टरटेनमेन्टले क्यानेडियन पप गायक ब्रायन एडम्सलाई काठमाडौंमा उतारेको थियो। 

गए ०७४ फागुन २६ गते सलमान खान काठमाडौंको टुँडिखेलमा सांगीतिक कार्यक्रमका लागि आउने तय भएको थियो। निर्मता तथा सलमानका भाई सोहेल खान काठमाडौं आएर पत्रकार सम्मेलन गरेका थिए। तर, त्यस समय अर्धभूमिगत अवस्थामा रहेको नेत्रविक्रम चन्दको पार्टीका कारण आयोजकले कार्यक्रम स्थगन गरेको थियो।

National life insurance

प्रकाशित: May 18, 2022| 20:30 बुधबार, जेठ ४, २०७९
प्रतिक्रिया दिनुहोस्