बिहीबार, चैत १२, २०८२

जित दर्तासहित चेल्सीले गर्‍यो प्रि–सिजनको अन्त्य 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
एजेन्सी-वैकल्पिक गोलकिपर रोबर्ट ग्रीन नायक बनेपछि इंग्लिस क्लब चेल्सीले प्रि-सिजन अन्र्तगतको इन्टरनेसनल च्याम्पियन कपमा लियोनलाई पराजित गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा चेल्सीले फ्रेन्च लिग वान क्लब लियोनलाई सडनडेथमा ५-४ ले पराजित गरेको हो ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलको निर्धात समयमा दुवै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा दोस्रो हाफमा मैदान छिरेका चेल्सीका गोलकिपर रोबर्ट ग्रीनले एक पेनाल्टी बचाएका थिए । 

रोबर्ट ७४ औं मिनेटमा मार्सिनल बुल्काको स्थानमा मैदान छिरेका थिए । निर्णायक पेनाल्टीमा इडेन हाजार्ड चुकेनन् । त्यसअघि दुवै टिमले पाएको सुन्दर मौकालाई सदुपयोग गर्न सकेनन् । चेल्सीका पहिलो रोजाईका गोलरक्षक थिवाउट कोर्टुवा स्पेनिस क्लब रियल मड्रिड जाने हल्ला चलिरहँदा रोबर्ट ग्रीनले उच्च प्रदर्शन गरेको हो ।

यससँगै चेल्सीको प्रि-सिजनको अभ्यास खेलहरु सकिएको छ । चेल्सीले प्रि-सिजनमा लियोनमाथिको जितसँगै दुई जित मात्र निकाल्न सक्यो । यसअघि पर्थ ग्लोरीमाथि चेल्सीले १-० को जित निकालेको थियो । त्यसपछि इन्टर मिलान र आर्सनलसँग पेनाल्टी सुटआउटमा तथा कम्युनिटी शिल्ड कपमा म्यानचेस्टर सिटीसँग २-० ले पराजित भएको थियो । चेल्सीले हडल्सफिल्ड टाउनसँग शनिबार खेल्दै प्रिमियर लिगको शुरुवात गर्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।