बुधबार, असार ३१, २०८३

विश्वकप कीर्तिमानी गोलकिपर इसामले गरे सन्यासको घोषणा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इजिप्ट- फिफा विश्वकप फुटबल खेल्ने पाका खेलाडीको कीर्तिमान बनाएका इजिप्टका गोलकिपर इसाम इएल हाडारीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन्।

इजिप्टका ४५ वर्षे इसामले मंगलबार अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन्। इजिप्टबाट रसिया विश्वकप खेल्दै इसामले विश्वकप खेल्ने पाका खेलाडीको कीर्तिमान बनाएका थिए। उनले रसिया विश्वकपको समूह चरणको अन्तिम खेलमा साउदी अरेवियाविरुद्ध खेल्दै विश्वकप खेल्ने पाका खेलाडी बनेका थिए।

उक्त खेलमा इजिप्ट २-१ ले विजयी हुँदा इसामले एक पेनाल्टी बचाएका थिए। सन् १९९६ मा राष्ट्रिय टिममा डेब्यु गरेका इसामले राष्ट्रिय टिमबाट १ सय ५९ खेल खेलेका छन्। ४५ वर्षीय इसामले चारपटक अफ्रिका कप अफ नेसन्सको उपाधि जितेका थिए। 

सन्यास लिने उपयुक्त समय आएकाले सन्यास लिएको उनले बताएका छन्। ‘मैले २२ वर्ष चार महिना १२ दिन इजिप्टको राष्ट्रिय टिममा बिताए। यो समयमा मैले टिमसँग उत्कृष्ट समय बिताएको छु। अब नयाँ खेलाडीहरुलाई पनि मौका दिनुपर्दछ । त्यसैले मैले आफ्नो ग्लोभ्स थन्क्याउने निर्णय गरेको हुँ', इसामले सन्यासपछि भनेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।