आइतबार, जेठ ३१, २०८३

‘चपली हाइट’का नायक राज घिमिरे बने वडाध्यक्ष

दर्शकले अत्यधिक रुचाइएको चलचित्र 'चपली हाइट' का नायक राज घिमिरे (सानुराजा घिमिरे) ले ११ मत बढी ल्याएर वडा अध्यक्ष जितेका छन्।
 |  सोमबार, जेठ २, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २, २०७९

काठमाडौं- दर्शकले अत्यधिक रुचाइएको चलचित्र 'चपली हाइट' का नायक राज घिमिरे (सानुराजा घिमिरे) ले ११ मत बढी ल्याएर वडा अध्यक्ष जितेका छन्। अभिनेता घिमिरे ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ बाट विजयी भएका हुन्।

National life

अभिनेता घिमिरे माओवादी केन्द्रका तर्फबाट १ हजार ५९ मत ल्याएर विजयी भएका छन्। त्यस्तै एमालेका उम्मेदवार श्रीराम आचार्यले १ हजार ४८ मत ल्याएका थिए।

अघिल्लो स्थानीय चुनावमा उम्मेदवार रहेका घिमिरे पराजित भएका थिए चुनावअघि सामाजिक सञ्जालमार्फत उनले यदि आफूले वडाध्यक्ष जितेमा अध्यक्षको हैसियतमा पाउने कुनै पनि सुविधा नलिने बताएका थिए।

८ वर्ष अगाडि चपली हाइट बाहेक लुट, अन्य फिल्म र म्युजिक भिडियोमा समेत अभिनय गरेका थिए। २०५७ सालबाट अभिनय यात्रा सुरु गरेका राज पर्यटन तथा होटेल व्यवसायी पनि हुन्। स्थानीय निर्वाचन २०७४ बाट भने उनी राजनीतिमा लागेका हुन्। 

कोरोना संक्रमणका बेला लागेको लकडाउनमा घिमिरेले गोदावरी नगरपालिकाका १ देखि ४, १०, १३ र १४ वडामा माइकिङ तथा राहत सामग्री उपलब्ध गराएका थिए। ललितपुरको दक्षिणी भेगमा पर्ने भट्टेडाँडा र छपेली क्षेत्रमा पनि उनी माइकिङ गर्दै पुगेका थिए। ‘म कलाकार हुँ, मलाई त्यस्तो लोकप्रियता चाहिएको छैन, मेरो सहयोगले कसैको पेट भरियोस् भन्ने मात्रै चाहन्छु,’ उनले त्यतिखेर भनेका थिए ।

Shivam cement

आफ्नो पारिवारिक पृष्ठभूमि ‘कम्युनिस्ट’  बताउने घिमिरेले गोदावरी नगरपालिका ३ को वडा अध्यक्ष हुनुअगाडि मेयर उपमेयरको उम्मेदवार हुने सोच थियो तर राजनीतिक भागबण्डाले त्यो अवसर अहिले नपाएको बताएका थिए।

प्रकाशित: May 16, 2022| 12:12 सोमबार, जेठ २, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...