शनिबार, वैशाख ६, २०८२

ब्यालेटबाट बदला लियो दलित बस्तीले

यो हाम्रो लागि धेरै ठूलो घटना हो, सन्देश हो’, कनाकासुन्दरी– ८ स्थानीय नेत्रबहादुर खत्रीले नेपाल समयसँग भने, ‘यो नतिजापछि यहाँ राज गर्दै आएका राजनीतिक दलले पनि केही सोच्लान् कि।’
 |  आइतबार, जेठ १, २०७९
nespernesper

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

आइतबार, जेठ १, २०७९

vianetvianet

काठमाडौं– नेपाली भाषाको उद्मगस्थल मानिने जुम्लाको सिञ्जा उपत्यका कनकासुन्दरी गाउँपालिकामा पर्छ। यो ऐतिहासिक गाउँपालिकाको वडा नम्बर ८ मा  यस पटकको स्थानीय निर्वाचनमा एउटा प्रतिकात्मक परिघटना सतहमा आयो। भयो के भने, स्वतन्त्र रुपमा चुनावमा होमिएका वडा अध्यक्षसहित चारजना दलित उम्मेदवारहरूले चुनावी बाजी मारे। 

triton college

चुनावमा जितहार स्वाभाविक हो। दलित र सीमान्तकृतप्रति अनुदार हाम्रो राजनीतिक वृत्त र समाजमा स्वतन्त्र उम्मेदवारका रुपमा विजय प्राप्त गरेर कनकासुन्दरीको वडा नम्बर ८ ले एउटा प्रतिवादको राजनीतिक भाषा बोलेको छ। 

वैशाख ३० गते भएको निर्वाचनमा उनीहरुले वडाअध्यक्ष, दुई वडा सदस्य र दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। शिक्षा, अवसर र विकासको कसीमा पछि पारिएका कनकासुन्दरीका दलितहरूले आफ्नो वडामा अब आफ्नो शासन आफैं गर्न पाउने भएका छन्।

निर्वाचन नतिजापछि अहिले कनकासुन्दरी र आसपासको दलित समुदायमा नयाँ आशा सञ्चार भएको छ। उनीहरूले विजय–जुलुस निकालेर जितको खुसी मनाएका छन्।

‘एउटा सन्देश जाओस् भनेर धनबहादुरजीले यस्तो पहल गरेका हुन्,’ स्थानीय खत्रीले सुनाए।

कनाकासुन्दरी-८ मा धनबहादुर कामी अध्यक्ष पदका उम्मेदवार थिए जसले २ सय ८८ मत प्राप्त गर्दै वडाध्यक्षमा निर्वाचित भए। उनका प्रतिद्वन्द्वी कांग्रेसका कप्तानबहादुर शाहीले २२० मत मात्र ल्याए। वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्की तथा दलित महिला सदस्यमा चनाखी कुलाल निर्वाचित भइन्। ‘यो जितले सामाजिक न्याय र समानताको पक्ष लिनेहरूलाई नयाँ आशा दिएको छ।

National life insurance

यो हाम्रो लागि धेरै ठूलो घटना हो, सन्देश हो’, कनाकासुन्दरी– ८ स्थानीय नेत्रबहादुर खत्रीले नेपाल समयसँग भने, ‘यो नतिजापछि यहाँ राज गर्दै आएका राजनीतिक दलले पनि केही सोच्लान् कि।’ 

खत्रीका अनुसार एमाले र कांग्रेसको दबदबा रहेको वडामा स्वतन्त्र उम्मेदवारको हैसियतमा दलित समुदायले जित्न सहज थिएन। यो सबै नतिजाको लागि विजयी वडाअध्यक्ष धनबहादुर कामीले पहल लिएका थिए।

‘एउटा सन्देश जाओस् भनेर धनबहादुरजीले यस्तो पहल गरेका हुन्,’ स्थानीय खत्रीले सुनाए।

प्रकाशित: May 15, 2022| 18:47 आइतबार, जेठ १, २०७९
प्रतिक्रिया दिनुहोस्