दार्चुला– दार्चुलाको नौगाढ गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा दलजित धामी निर्वाचित भएका हुन्।
दलजितले ३ हजार ७८३ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार प्रेमसिंह धामीले ३ हजार २ सय ७७ मत पाएका छन् ।
उपाध्यक्ष पदमा नेपाली कांग्रेसका जगतसिंह ठगुन्ना ३ हजार ९५६ मतसहित निर्वाचित भएका छन् । उनका निकटतम प्रतिस्पर्धी गौरीदेवी ठगुन्नाले २ हजार ९५२ मत पाइन्।