काठमाडौं- नमोबुद्ध नगरपालिकाको १ मा स्वतन्त्र उमेदवार प्रेम बहादुर तामाङले जितेका छन्। उनले ५५६ मत ल्याएर विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका निरोज पाण्डेलाई पराजित गरेका छन्। पाण्डेले ४४७ मत ल्याएका छन्। त्यस्तै सो वडामा नेपाली कांग्रेसका गण बज्र लामाले २०८, माओवादी केन्द्रका गोविन्द तामाङले ९६ मत ल्याएका छन् भने एकीकृत समाजवादीले जम्मा ६१ मत प्राप्त गरेको छ।
त्यस्तै वडा सदस्यहरुमा नेपाल कम्युनिष्ट पार्टी एमाले र अर्का सदस्यमा स्वतन्त्रका मुरारी सत्यालले जितेका छन् भने महिला सदस्यमा एमालेकी रुपा प्याकुरेल र दलित महिला सदस्यमा स्वतन्त्र उमेदवार राधिका शंकर निर्वाचित भएकी छिन्।