शनिबार, मंसिर ८, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

फुटपछि झन् बल्झिएको विप्लव–बाँस्तोला द्वन्द्व

नेकपाको एउटा समूहले विप्लवलाई नै पछ्याइरहेको छ भने अर्को समूहले बाँस्तोलालाई। नेता–कार्यकताको बहुमत आफैंसँग रहेको दुवै पक्षको दाबी छ। उनीहरु एकअर्कालाई स्वीकार गर्न तयार छैनन्।
 |  बिहीबार, वैशाख २९, २०७९
nespernesper

दिलीप कुँवर

दिलीप कुँवर

बिहीबार, वैशाख २९, २०७९

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबाट विद्रोह गरेर नेकपा (बहुमत) गठन गरेका धर्मेन्द्र बाँस्तोला बिहीबार करिब ६ घण्टा प्रहरीको केरकारमा परे। प्रहरीले बाँस्तोलालाई बाटोबाटै पक्राउ गरी चौकीमा लगेर केरकार गरेको थियो। 

triton college

निर्वाचनको मुखैमा बाँस्तोलालाई पक्राउ गर्नुको कारण हो बुधबार साँझ बुटवलमा भएको बम विस्फोट। घटनास्थलमा भेटिएको पर्चाका आधारमा बाँस्तोलामाथि प्रहरीले अनुसन्धानको सुई सोझ्याएको हो। विस्फोटको भोलिपल्ट पोखराबाट नेपालगञ्जका लागि निस्किएका बाँस्तोला दाङको भालुवाङस्थित प्रहरीले समातेको हो। 

त्यसो त बाँस्तोलाले बुटवलमा भएको बम विस्फोटको घटनाबारे आफूलाई केही थाहा नभएको बताएका छन्। नेपाल समयसँग कुरा गर्दै उनले भने, ‘नढाँटी भन्ने हो भने म पोखराबाट नेपालगञ्ज जाँदै थिएँ। बुटवलमा भएको बम विस्फोटको घटनाबारे पनि केही थाहा थिएन। तर बिहान एक्कासि प्रहरीका साथीहरुले मलाई समातेपछि एकछिन त म अचम्ममा परें। पछि प्रहरी साथीहरुले नै बम विस्फोटको घटनाबारे जानकारी दिएपछि मात्र थाहा पाएँ।’ 

बाँस्तोलाले हिरासतमा भने बस्नु परेन। आफूलाई प्रहरी चौकीको अफिसमा राखेर सामान्य सोधपुछ गरिएको उनले बताए। विप्लव समूहले प्रहरीलाई गोप्य सूचना दिएर षड्यन्त्रमूलक तरिकाले बाँस्तोलालाई पक्राउ गराएको बाँस्तोला निकट नेताहरुको आरोप छ।

विप्लव नेतृत्वको नेकपाले यही वैशाख पहिलो साता बाँस्तोला र हेमन्तप्रकाश वलीलाई जिम्मेवारीमुक्त गरेको थियो। कारबाहीलगत्तै निष्कासित नेताहरुले नयाँ पार्टी गठन गरेका थिए।

Metro Mart
vianet

आर्थिक हिनामिनाको खण्डन र अप्रत्यक्ष बहिष्कार

नेकपाको एउटा समूहले विप्लवलाई नै पछ्याइरहेको छ भने अर्को समूहले बाँस्तोलालाई। नेता–कार्यकताको बहुमत आफैंसँग रहेको दुवै पक्षको दाबी छ। उनीहरु एकअर्कालाई स्वीकार गर्न तयार छैनन्। 

स्थानीय तह सदस्यको चुनावमा भाग लिने कि नलिने भन्ने विषयमा एकमत नभएपछि विप्लव नेतृत्वको नेकपा फुटेको हो। विप्लव पक्ष चुनावको उपयोग गर्ने पक्षमा थियो भने बाँस्तोला र वली पक्ष चुनावमा भाग नलिने अडानमा। आफूहरुले निर्वाचनमा भाग नलिएको र बहिष्कार पनि नगरेको बाँस्तोला बताउँछन्। चुनावमा सहभागी नभएपछि स्वतः बहिष्कार जस्तो देखिएन र? नेपाल समयको यो प्रश्नमा उनले भने, ‘हामीले चुनाव बहिष्कार गर्छौं भनेका छैनौँ। देशभक्त, जनवादी र एमसीसी विरोधीहरुसँग हामी सँगै यात्रा गर्छौं।’  

राजनीतिक स्थिरता र देशको समृद्धिको लागि आफूहरुले मुख्य ४ बुँदालाई प्राथमिकतामा राखेको बाँस्तोलाले सुनाए। उनले भने, ‘जननिर्वाचित कार्यकारी प्रमुख, जननिर्वाचित प्रतिनिधिसभा, जननिर्वाचित न्यायपालिका र हरेक नागरिकको स्वामित्वलाई पार्टीले प्राथमिकतामा राखेको छ।’ आफूहरुको दोस्रो प्राथमिकता बृहत् कम्युनिष्ट एकता रहेको पनि उनले बताए। अब वैज्ञानिक समाजवादको अर्को विकल्प नरहेको पनि बाँस्तोलाको तर्क छ। 

नेकपाको एउटा समूहले विप्लवलाई नै पछ्याइरहेको छ भने अर्को समूहले बाँस्तोलालाई। नेता–कार्यकताको बहुमत आफैंसँग रहेको दुवै पक्षको दाबी छ। उनीहरु एकअर्कालाई स्वीकार गर्न तयार छैनन्। 

त्यसो त बाँस्तोला र वलीलाई विप्लव समूहले करोडौं रकम हिनामिना गरेको आरोप लगाउँदै पार्टीबाट जिम्मेवारीमुक्त गरेको थियो। बाँस्तोला भने उक्त आरोप स्वीकार गर्न तयार छैनन्। बरु विप्लवले नै पार्टीलाई वैचारिक रुपमा स्खलित गराएको र संसदवादतिर धकेलेको उनको तर्क छ। 

नेताद्वयलाई कारबाही गर्दै विप्लव समूहले भनेको थियो, ‘सुदर्शनजी र कञ्चनजीले मच्चाएको वितण्डा एवं कञ्चनजीले अलग केन्द्रका रुपमा वक्तव्य निकालेपछि लगत्तै सचिवालयका कमरेडहरूसँग छलफल गरियो। सबैतिरका सुझाव एवं सुदर्शन र कञ्चनका गल्तीहरूको प्रकृति हेर्दा उहाँहरु निकै पर पुगिसकेको, विभिन्न बैठक एवं भेलासमेत गर्दै हिँडेकोले पार्टी विधान अनुसार दुवै जनालाई अनिश्चित समयका लागि सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जानकारी गराइन्छ।’

विप्लव समूहका नेता सन्तोष बुढाले बाँस्तोला र वलीले करोडौं रकम हिनामिना गरेको दाबी गरे। नेताद्वयका अराजक गतिविधिले पार्टीको शक्ति, सिद्धान्त र विचारको क्षेत्राधिकारमा नराम्ररी ठेस लागेको बुढाको तर्क छ। 

पार्टीबाट जिम्मेवारीमुक्त गर्नुको कारण सुनाउँदै बुढाले नेपाल समयसँग भने, ‘उहाँहरुले देखाएको हर्कत पार्टीभित्रका सबै नेता–कार्यकतालाई राम्ररी थाहा छ। पार्टीको नाम बेचेर जथाभावी चन्दा उठाउँदै दुरुपयोग गरेका हामीसँग पर्याप्त प्रमाणहरु छन्। तर उहाँहरुलाई यी आरोप पचेन। उल्टै स्थानीय निर्वाचनमा सहभागी हुनु भनेको संसदवादी हुनु हो, चुनावमा चुर्लुम्म भएर जाने हो, एमाले र कांग्रेसझैं वैचारिक स्खलित भएर जानु हो, प्रचण्ड जस्तै भएर सखाप हुनु हो, क्रान्तिलाई धोका दिनु हो भन्नेजस्ता आरोप लगाउनु उहाँहरुकै मुर्खता हो। एक दिन यथार्थ पोखिएला नै।’ 

होटल अन्नपूर्णबाट चन्दास्वरुप ल्याएको ५० लाख रकम पार्टीले फिर्ता गर्न आदेश दिँदा बाँस्तोला र वलीले गोप्य रुपमा आफैं प्रयोग गरेको पनि नेता बुढाले बताए। उनले भने, ‘११ दिनसम्म चलेको १२ औं पूर्ण बैठकमा पार्टीले उहाँहरुलाई सम्मानसहित अन्नपूर्णबाट ल्याएको ५० लाख फिर्ता गरिदिन अनुरोध गरेको थियो। तर उहाँहरुले त्यो पैसा गायब बनाइसक्नु भएछ। पार्टीकै निर्णयविरुद्ध हिँडेपछि उहाँहरुलाई अनुहार देखाउनै अप्ठ्यारो हुने अवस्था सिर्जना भएको हो र अलग बाटो रोज्नुभएको हो। अन्नपूर्णको घटना त एउटा प्रतिनिधि मात्रै हो, उहाँहरुले पार्टीको नाम बेचेर कस्तोसम्म हर्कत गर्नुभएको छ, हामीलाई राम्रोसँग थाहा छ।’ 

विप्लव समूहका नेता सन्तोष बुढाले बाँस्तोला र वलीले करोडौं रकम हिनामिना गरेको दाबी गरे। नेताद्वयका अराजक गतिविधिले पार्टीको शक्ति, सिद्धान्त र विचारको क्षेत्राधिकारमा नराम्ररी ठेस लागेको बुढाको तर्क छ। 

लामो समयदेखि जनमत संग्रहको अडान राख्दै आएको नेकपाले स्थानीय निर्वाचनमा आफ्ना नेता–कार्यकर्तालाई स्वतन्त्र उम्मेदवारको रुपमा अघि सारेपछि पार्टीभित्र विवाद बढेको हो। यसअघि ०७४ सालको स्थानीय निर्वाचन नेकपाले बहिष्कार गर्नुका साथै बिथोल्ने निर्णय गरेको थियो। अहिले पनि नेकपा निर्वाचन आयोगमा दर्ता छैन। त्यसकारण उसका उम्मेदवारले स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

विप्लव पक्षका नेता बुढाले चुनावमा भाग लिँदैमा वैचारिक स्खलन नहुने तर्क गरे। उनले भने, ‘हामीले हिजो पनि जनमत संग्रह चाहन्थ्यौं, आज पनि चाहन्छौं र भोलि पनि चाहिरहन्छौं। विकासको मार्गचित्र तयार हुँदैछ, जनताले यो कुरा आफैँ बुझ्नेछन्।’ प्रदेश र संघको चुनावमा पनि आफूहरुले अहिलेभन्दा व्यवस्थित तरिकाले भाग लिने बुढाले स्पष्ट पारे।  

प्रकाशित: May 12, 2022| 18:16 बिहीबार, वैशाख २९, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...