शुक्रबार, साउन २९, २०८३

नेता र कलाकारले नै तोडे मौन अवधि

यही शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि मंगलबार मध्यरातबाट मौन अवधि सुरु भएको छ। मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागू हुन्छ।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

काठमाडौं– यही शुक्रबार हुन लागेको स्थानीय तह निर्वाचनका लागि मंगलबार मध्यरातबाट मौन अवधि सुरु भएको छ। मतदानको ४८ घण्टा अघिदेखि निर्वाचनको मौन अवधि लागू हुन्छ।

मौन अवधि मतदान नसकिएसम्म जारी रहन्छ। मौन अवधिमा उम्मेदवार र उनीहरुको पक्षमा प्रचारप्रसार र अरु क्रियाकलाप गर्न पाइँदैन। मौन अवधिमा राजनीतिक दलहरुले प्रचारप्रसारका कामसँगै छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत कुनै पनि क्रियाकलाप गर्न पाउँदैनन्। 

तर, राजनीतिक दलका नेता र कलाकारले मौन अवधि तोडेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले बुधबार बिहान पार्टीका पक्षमा मत मागेका छन्। उनले फेसबुकमा आफ्नो र पार्टीको चुनाव चिन्हसहित लेखेका छन्, ‘अब राप्रपालाई भोट दिन दुई दिन बाँकी।’ 

त्यसैगरी नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङले समेत चुनावी प्रचारलाई सहयोग पुग्ने गरी सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गरेका छन्। उनले ‘नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङको अपिल’ शस्र्षकको युट्युब लिंक सेयर गरेका हुन्।

कलाकारहरुले समेत मौन अवधिलाई भुलेर भोट मागेका छन्। कलाकार निर्मल शर्माले काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहलाई भोट मागेका छन्।

अभिनेत्री वर्षा राउतले पनि मौन अवधि तोड्दै बालेन शाहको पक्षमा भोट मागेकी छन्। उनले बालेन शाहले फेसबुकमा भोट माग्दै गरेको पोस्ट सेयर गर्दै भोट फर चेन्ज भनेर लेखेकी छन्।

प्रकाशित: May 11, 2022| 12:52 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...