मेहबुब स्टुडियोको पहिलो तलामा सेतो भेस्ट, पहेँलो बम्बर ज्याकेट र डेनिम प्यान्टमा सजिएर चकलेट टोक्दै थिइन् आलिया भट्ट। चकलेटको विज्ञापन छायाङ्कनमा भेटिएकी २९ वर्षीया आलिया त्यस सज्जामा टीनएजरझैँ देखिन्थिन्।
आलियाका प्रेमी रनबिरलाई सन् २०१३ मा इन्डिया टूडेले, 'भारतको नवीन सुपरस्टार' को उपमा दिएको थियो। साबिकको भन्दा नवीन र उत्कृष्ट अभिनय गर्ने आलियालाई त्यो उपमा दिँदा अन्यथा हुनेछैन। 'मेरो काम अभिनयझैँ नदेखियोस् भन्नेमा म सधैँ सचेत रहन्छु,' पर्क चकलेटको सुटिङ सेटमा उनले भनिन्।
कलाकारहरूले विज्ञापनका लागि रोजेका २३ ब्राण्डमध्ये पर्क पनि एक हो। 'आलिया किशोर किशोरीमाझ निकै लोकप्रिय छिन्। त्यसैले उनीभन्दा उत्तम अरू पात्र कोही हुने थिएन,' पर्कका बजार व्यवस्थापक मनोसिज बन्द्योपाध्य भन्छन्।
त्यही सेटमा अर्का एक अभिनेताले आलियाको प्रशंसा गरे। २४ वर्षीया दीप जांगिद चकलेटको विज्ञापनमा आलियासँगै देखिँदै थिए। 'गंगुबाई कथियावाडी हेरेपछि आलिया म्यामको म ठूलो प्यान बनेँ। काम सकिएपछि उहाँसँग के म तस्बिर लिन सक्छु, ' उनले अनुमति मागे।
फ्रेममा सुन्दर देखिने आलिया अभिनयमा दिलोज्यान दिन्छिन्। माफिया क्विन कम्तिपुराको जीवनीमा सञ्जयलीला बन्साली बनाएको चलचित्रमा उनी नजरबाट हट्दिनन्। स्क्रिनमा उनको बलियो उपस्थिति छ। चलचित्रमा उनको संवादमा कुनै कृतिमता छैन। उनको अभिनयले आलिया निकै खारिएको पुष्टि गर्छ। गंगुबाईको अभिनयले उनको स्टरडम ह्वात्तै बढ्यो।
सन् २०१७ मा बद्रीनाथकी दुल्हनीयामा पनि आलियाले अभिनय गरेकी थिइन्। त्यसले १ सय १४ करोडको व्यापार गरेको थियो।
बोल्ड आवरणमा उनले बोलेका संवाद सामाजिक सञ्जालमा निकै भाइरल छन्। फिल्मबारे तीखो प्रतिक्रिया जनाउँदै बलिवुड क्विनका रूपमा चिनिएकी कंगना रनावतले भनेकी छिन्, 'बालबालिकामा यो चलचित्रको निकै नकारात्मक प्रभाव पर्नेछ।'
गंगुबाई रिलिज भएको महिना बिते पनि अझै सिनेमाहलहरूमा चलिरहेको छ। यसले हालसम्म १ सय २२ करोडको व्यापार गरिसकेको छ। अभिनेत्री केन्द्रित फिल्ममा राजीपछि चर्चित गंगुबाईनै हो। सन् अभिनेत्री केन्द्रित फिल्म राजीमा पनि आलियाकै अभिनय थियो। त्यसले सय करोडको व्यापार गरेको थियो। आफ्नो त्यस रेकर्डलाई आलियाले गंगुबाईमार्फत तोडिन्।
आलिया एसएस राजामौलीको आरआरआरमा पनि देखिएकी थिइन्। त्यसले चलचित्रप्रति आलियाले भनेकी छिन्,'आरआरआरमार्फत मलाई दक्षिण भारतीय चलचित्रमा मात्र नभएर अन्तर्राष्ट्रिय जगतमै पृथक रूपले चिनाएकाले म यस टिमप्रति निकै धन्य छु।'
यस चलचित्रले पनि पाँचै दिनमा १ सय ६ करोडको व्यापार गरेको थियो। आलियाले २० वर्षको उमेरमा हाइवेमा अभिनय गरेकी थिइन्। सन् २०१२ यता उनले १३ चलचित्रमा अभिनय गरेकी छन्। सन् २०१४ मा चेतन भगतको उपन्यास टू स्टेटमा आधारित चलचित्रमा पनि आलियाको अभिनय थियो। त्यस चलचित्रले पनि सयकरोडको व्यापार गरेको थियो।
सन् २०१७ मा बद्रीनाथकी दुल्हनीयामा पनि आलियाले अभिनय गरेकी थिइन्। त्यसले १ सय १४ करोडको व्यापार गरेको थियो। सन् २०१८ मा राजीले १ सय २२ करोडको व्यापार गर्यो। सन् २०१९ मा आलिया अभिनीत गुली ब्वाई पनि सयकरोडको क्लबमा पर्यो। यस चलचित्रले १ सय ३४ करोडको व्यापार गरेको थियो। आलियाको समकालीन अभिनेत्रीहरूमध्येमा दीपिका पादुकोनले मात्रै सफलतालाई टिकाइरहेकी छन्।
सफल चलचित्रका यी सूची सुनाउँदा आलिया बेपरवाह छिन् किनकि उनलाई अझै सफल चलचित्र दिनुछ। सिनेमा लेखक जोया अख्तर आलियालाई 'पल अक्टोपस' भन्न रुचाउँछिन्। पल अक्टोपस सन् २०१० को विश्व फुटबलमा सफल भविष्यवाणी गर्ने अक्टोपस थियो। आलिया अभिनीत चलचित्रले एकपछि अर्को सफल व्यापार गरेको हुनाले जोयाले आलियाको तुलना 'पल अक्टोपस'सँग गरेकी हुन्। 'जसले जे गर्नुपर्ने हो गरिएको छ। अब परिणामको मात्रै प्रतीक्षा छ, ' चलचित्रको छायाङ्कनपछि उनको आत्मविश्वास अभिव्यक्त हुन्छ। र उनी अभिनीत चलचित्रले सफल व्यापार गरेका छन्। आलियाको सफलता उनको पुस्ताका सहकर्मीले गर्व गर्न लायक छ।
उत्कृष्ट हुनुपछाडीका विधि
आलियासँग सहकार्य गरेका निर्देशकहरू उनले चरित्रलाई जीवन्त बनाउन गरेको संघर्षको खुलेरै प्रशंसा गर्छन्। गंगुबाईमा निभाएको चरित्रका निम्ति अर्को वर्ष पुरस्कारको वर्षा हुने पक्काझैँ छ। यसको चरित्रका निम्ति निर्देशक बन्सालीले आलियालाई कोठीभित्रै पुर्याउन चाहेका थिएनन्। तर त्यसको वरिपरिका वातावरण बुझाउन चाहेका थिए। आलियाले चरित्र निर्वाहका निम्ति पकिजाह, मण्डी र सोनागाछी जस्ता फिल्म हेरिन्। कोठीका वरिपरि घुमिन्। 'म पलेँटी कसेर नोट टिप्ने किसिमको कलाकार होइन, ' आलिया भन्छिन्।
हिरो स्थापित हुने बलिवुडमा बन्सालीले हिरोइनलाई स्थापित गराए। १९७० को दशकमा पुरुषहरूको चरित्रविरुद्ध लड्ने गंगुबाईलाई आलियाले दुरुस्तै उतारेकी छिन्। उनले गंगुबाईझैँ धूम्रपान वा मद्यपान मात्रै गरिनन् पुरुषहरूको ज्यादतीविरुद्ध गंगुबाईझैँ उस्तै गरी लडिन्। बन्साली भन्छन्,'मैले उनलाई एउटा हुकुमको एक्का दिँदा उनले मलाई दुईवटा एक्का दिएका छन्। उनीसँग विश्वभर स्थापित हुने क्षमता छ र उनले भारतको गौरव बढाउनेछिन्,' उनले भने।
आलिया र रणवीर दुबैका अभिभावक फिल्म क्षेत्रका हस्ती हुन्। बेक अप सिद र ये जवादी हे दिवानीपछि आलिया र रणवीर ब्रम्हास्त्रमा देखा पर्दैछन्।
आलियाले आफ्नै काँधमा सम्पूर्ण जिम्मेवारी बोक्न सक्षम छिन् भन्ने साबितका लागि गंगुबाई कोशेढुंगा साबित भएको छ। आलियासँग काम गरेका बलिवुडका हस्ति शारुख खानले भनेका छन्,'आलियाले छोटो समयमा आफूलाई अब्बल साबित गरिन्। यसलाई टिकाइरहनुपर्ने चुनौती उनमा छ।'
सन् २०१६ मा सार्वजनिक भएको उड्ता पन्जाबमा पनि आलिया थिइन्। त्यसमा चरित्र निभाउनका पन्जाब जानुअघि उनले स्मार्ट फोन त्यागेर सानो किप्याड वाला फोन बोकिन्।'आलियाले आफ्नो चरित्र अब्बल बनाउन कुनै कसुर बाँकी राखिनन् जसरी पनि चरित्र निर्वाहमा खरो र सफल उत्रिने उनको हुटहुटी थियो।'
आलिया अभिनेत्रीहरूको स्टार हुन्। उनको मौलिक अभियनकै कारण माया र चर्चा पाएकी छिन्। कसैको पृष्ठभूमिको कारणले नभई स्क्रिनमा गरेको मिहिनेतले प्रशंसा र चर्चा बटुल्ने सीमित कलाकार मध्ये आलिया पनि पर्छिन्। निर्देशक अभिषेक चौबे भन्छन्,'आलियाले माया र सद्भाव कामकै कारणले पाएकी हुन्। स्क्रिनमा उनले गरेका मिहेनत माया र सद्भावका निम्ति लायक पनि छन्। दर्शकले उनीमाथि गरेका चर्चा र दर्साएका माया देख्न पाउनु निकै सुखद विषय हो।'
आलियाले ६ वर्षको उमेरमा पहिलोपटक क्यामेरा फेस गरेकी थिइन्। तर अभिनेत्री हुने छनक भने उनले दुई वर्षको हुँदै देख एको उनकी दिदी सहिन बताउँछिन्।'आलिया पहिलेदेखिनै आफूतर्फ ध्यान आकर्षित गराउने स्वभावकी थिई। दुई वर्षको हुँदा देखिनै उसमा यो स्वभाव थियो सायद उसलाई थाहा थियो पछि गएर अभिनेत्री हुनेछु,' उनले भने। ६ वर्षमा संघर्षबाट स्क्रिनमा डेब्यु गरेकी उनले आठ वर्षमा जिना इसिका नाम टिभी शोमा देखापरिन्। त्यसमा भूमिका निर्वाह गरेपछि उनले भनिन्,' म अब अभिनेत्री नै हुनेछु अभिनेत्री।'
आलियाले प्रशंसा बटुलेको भनेको स्टुडेन्ट अफ द यिअर मार्फत हो। त्यहीँबाट उनले रणवीर कपुरलाई भेट गरेकी थिइन्। कपुर उनको विवाह भइसकेको छ। त्यस चलचित्र सार्वजनिक भएपछि यस चोप्राले महेश भट्लाई भनेका थिए,'बधाई छ अब छोरी स्टार भइसकी।'
आलिया र रणवीर दुबैका अभिभावक फिल्म क्षेत्रका हस्ती हुन्। बेक अप सिद र ये जवादी हे दिवानीपछि आलिया र रणवीर ब्रम्हास्त्रमा देखा पर्दैछन्। विवाहपछि रिलिज हुने उनीहरूको यो पहिलो चलचित्र हो।लेखक आयान मुखर्जी भन्छन्,'दुवै अनुशासित छन् र दुवैले अब्बल अभिनय गरिरहेका छन्। आगामी दिनमा पनि उनीहरूले दाम्पत्य र चलचित्र जीवनलाई सफल बनाउन्, 'यो चलचित्रमा दर्शकहरूले निकै सर्प्राइज र मनोरञ्जन पाउनेछन्,' आलियाले आश्वस्त पार्न खोजिन्। अब्बल अभिनय र चलचित्रको सफल व्यापारका कारण आलिया बलिवुडको आकर्षण बनेकी छिन्। - इन्डिया टुडेबाट अनुवादित सामग्री