शुक्रबार, साउन २९, २०८३

तुलसीपुर-१७ मा नयाँ निर्वाचन कार्यतालिका तय

दाङको तुलसीपुर उपमहानगरपालिका-१७ का वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको निधन भएपछि निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।
 |  बुधबार, वैशाख २८, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, वैशाख २८, २०७९

काठमाडौं- दाङको तुलसीपुर उपमहानगरपालिका-१७ का वडाध्यक्षका उम्मेदवार लबरू चौधरीको निधन भएपछि निर्वाचन आयोगले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। 

नयाँ निर्वाचन तालिकाअनुसार बुधबार बिहान दश बजेदेखि दिउँसो एक बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ।

चौधरी एमालेको तर्फबाट उम्मेदवार थिए। त्यसकारण एमालेका लागि मात्र मनोननयको समय तोकिएको छ। अन्य उम्मेदवार यसअघिकै कामय हुनेछन्। 

बिहीबार बेलुका पाँच बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। त्यहाँ जेठ ३ गतेका लागि मतदानको समय तोकिएको छ। 

वडा नम्बर १७ मा वैशाख ३१ गतेदेखि मौन अवधि सुरू हुने तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताए।

प्रकाशित: May 11, 2022| 07:39 बुधबार, वैशाख २८, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...