शुक्रबार, साउन २९, २०८३

मतपत्र ओझेल हुन सक्छ, सचेत रहनुपर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेसँग मतको स्थिति सुदृढ रहेको बताएका छन्।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी ओलीले एमालेसँग मतको स्थिति सुदृढ रहेको बताएका छन्।

यही शुक्रबार हुन लागेको स्थानीय निर्वाचनका लागि मौन अवधि सुरु हुनुअघि आज साँझ आयोजित चुनावी सभामा उनले भने, ‘हामीले मत संकलन गर्यौं, हामीसँग मतको स्थिति सुदृढ छ। देशभर एमालेको लहर चलेको छ, सूर्यको लहर चलेको छ। अब ३० गतेसम्म मतको सुदृढ ढंगले रक्षा गर्नुपर्छ। विभिन्न ठाउँमा हाम्रो कार्यकर्तामाथि आक्रमण हुन थालेको छ। कतिपय पार्टीको सभाहरुमा मान्छे पिटेर भए पनि कब्जा गरेर भए पनि चुनाव जित्नुपर्छ भनेको युट्युबमा तपाईंले सुनेको हुनुपर्छ। यसको सामना गर्नुपर्छ। व्यवस्थित ढंगले हाम्रा भोलिन्टियर्स खटिनुपर्छ।ओझेल हुन नदिकन मतपत्रको रक्षा गर्नुपर्छ।’

कतिपय ठाउँमा निर्वाचन अधिकृतको भूमिका ठिक नरहेको उनले बताए। ओलीले भने, ‘उदाहरणका लागि ललितपुर, भरतपुर महानगरपालिका। जता पनि दहिचिउरे कुरा गरेको छ। दह्रो गरेर फैसला गर्नु पर्दैन?’ 

निर्वाचन प्रयोजनका लागि खट्ने सबैले लोकतन्त्रका लागि निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउनुपर्नेमा उनको जोड थियो। ‘नेकपा एमाले कहीँ धाँधली र गुन्डागर्दी होइन, म मेरो पार्टीको तर्फबाट आश्वस्त पार्न चाहन्छु। अरु पार्टीहरुलाई पनि लोकतन्त्रको मूल्य र भविष्यका लागि त्यसै गर्न आग्रह गर्नुपर्छ,’ ओलीले भने।

अध्यक्ष ओलीले निर्वाचन आयोग कांग्रेसको पछि कुदेको भन्दै त्यसो नगर्न सचेत गराए। उनले भने, ‘रुख हरियो हुन्छ, त्यसकारण हरियै चिन्ह दिने। हरियै रंग प्रयोग गर्नुपर्ने। अनि सूर्यलाई पनि हरियो बनाइदिनुपर्ने। निर्वाचन आयोगले यस्तै गर्यो। हामीले त मनसाय गलत नराखी यस्तो गरेको होला भनेर यसमा धेरै अघि गएनौं। तर, निर्वाचन आयोगले एक पार्टीको पक्षमा लागेर अरु पार्टीका विपक्षमा नलागोस्। नेपाली कांग्रेसको पछाडि निर्वाचन आयोग नकुदोस्।

प्रकाशित: May 10, 2022| 18:01 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...