मंगलबार, असार ९, २०८३

स्थापितले मागे माफी

‘मैले माफ माग्नुपर्छ, तिक्त भाषा पनि बोले हुँला, मेरो वाणीले कसैलाई दुःख परेछ भने माफ पाऊँ,' चुनावी कार्यक्रममा सम्बोधन गर्दै उनले भने, 'मेयर हुने मान्छेले माफी माग्न पनि जान्नुपर्छ। मेरो हाउभाउले कसैलाई दुःख भएछ भने माफ पाऊँ। मेरो लेखनले दुःख भएछ भने माफ पाऊँ।' मेयर हुने मान्छेले माफी माग्न जान्नुपर्ने बताउँदै उनले माफी मागेका थिए।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

काठमाडौं- नेकपा (एमाले)का तर्फबाट काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार केशव स्थापितले माफी मागेका छन्। मंगलबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले माफी मागेका हुन्। 

National life

‘मैले माफ माग्नुपर्छ, तिक्त भाषा पनि बोले हुँला, मेरो वाणीले कसैलाई दुःख परेछ भने माफ पाऊँ,' चुनावी कार्यक्रममा सम्बोधन गर्दै उनले भने, 'मेयर हुने मान्छेले माफी माग्न पनि जान्नुपर्छ। मेरो हाउभाउले कसैलाई दुःख भएछ भने माफ पाऊँ। मेरो लेखनले दुःख भएछ भने माफ पाऊँ।' मेयर हुने मान्छेले माफी माग्न जान्नुपर्ने बताउँदै उनले माफी मागेका थिए।

स्थापितले केही गल्ती हुँदा क्षमा गर्न पाइने संस्कार आफूहरूमा भएको बताए। स्थापितले माफी मागेपनि आइएनजीओबाट सञ्चालित महिलाले 'मीटू' प्रकरणमा प्रश्न उठाएको संकेत गरेका थिए।

'केही गल्ती भएको भए, हाम्रो संस्कारमा क्षमा गर्न पाइन्छ। मैले सबैलाई दिदी, आमा भन्न पाउँछु। केही महिला दिदीबहिनीले नेपाली बुझ्दैनन्, आइएनजीओबाट सञ्चालित दिदीबहिनीलाई पनि माफी मागेँ,’ उनले भने। 

प्रकाशित: May 10, 2022| 16:55 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...