धनगढी- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्लामा कांग्रेसले चुनावी सभाको आयोजना गरेको छ। डडेल्धुरा सदरमुकाम अमरगढीमा कांग्रेसले चुनावी सभाको आयोजना गरेको हो।
कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्ण मल्ल एमालेसँग मिलेर चुनावी मैदानमा उत्रिएपछि आफ्नो प्रतिष्ठा बचाउन देउवा गृहजिल्लामा खटिएका छन्।
सोमबार गन्यापाधुराको चुनावी सभालाई सम्बोधन गरेका देउवाले मंगलबार दिउँसो अमरगढी र परशुराम नगरपालिकामा सम्बोधन गर्दैछन्।
अमरगढीमा देउवाको उपस्थितिमा कांग्रेसले शक्ति प्रदर्शन गरेर अरु दल र मल्ल समूहलाई सन्देश दिन खोजेको छ।