शुक्रबार, साउन २९, २०८३

स्थानीय प्रशासन र सुरक्षा निकायलाई आयोगले दियो १० बुँदे निर्देशन

निर्वाचन आयोगले स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई निर्वाचनलाई निष्पक्ष र भयररिहत बनाउन १० बुँदे निर्देशन दिएको छ।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

काठमाडौं- निर्वाचन आयोगले स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई निर्वाचनलाई निष्पक्ष र भयररिहत बनाउन १० बुँदे निर्देशन दिएको छ। 

आचारसंहिता तथा मौन अवधिको पूर्ण पालना भए/नभएको हेर्न आयोगले निर्देशन दिएको छ। दलको झण्डा, चुनाव चिह्न तथा गाडी प्रयोग भए नभएको हेर्न र प्रयाग भए निर्वाचन कार्यालयमा खबर गर्न आयोगको आग्रह छ।

झण्डा, चिह्न प्रचार सामग्री प्रयोग भए जफत गर्न, सवारी साधन प्रयोग गरी र्‍याली गरिएको पाइएमा त्यस्तो सवारी साधन कब्जामा लिन,  निर्वाचन प्रचारप्रसारका लागि डिजिटल बोर्ड, फ्लेक्स, बोर्ड, साउण्ड सिस्टम, लाउड स्पिकर जस्ता श्रव्य सामग्री प्रयोग भए कब्जामा लिन, मतदातालाई प्रभावित पार्नेलाई नियन्त्रणमा लिन आयोगले निर्देशन दिएको छ। 

मतदान सकिएपछि मतपेटिका सुरक्षित तरिकाले निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याउन निर्देशन दिएको आयोगले जारी गरेको सूचनामा उल्लेख छ। यस्तै मतदातालाई सुरक्षित तरिकाले मतदानस्थलसम्म पुग्ने वातावरण मिलाउन आग्रह गरिएको छ।



प्रकाशित: May 10, 2022| 08:56 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...