शुक्रबार, साउन २९, २०८३

भृकुटी मण्डपमा एमालेको अन्तिम चुनावी सभा, ओलीले सम्बोधन गर्ने

नेकपा एमालेले आज काठमाडौंको भृकुटी मण्डपमा स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम चुनावी सभा गर्ने भएको छ।
 |  मंगलबार, वैशाख २७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, वैशाख २७, २०७९

काठमाडौं- नेकपा एमालेले आज काठमाडौंको भृकुटी मण्डपमा स्थानीय तह निर्वाचनकेन्द्रित अन्तिम चुनावी सभा गर्ने भएको छ। 

सभालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन्। चुनावी सभाको सबै तयारी पुरा भएको एमाले काठमाडौं जिल्ला कमिटी सचिव राजेश शाक्यले बताए। 

देशभरी नै सन्देश दिने उद्देश्यले काठमाडौंमा अन्तिम चुनावीसभा गर्न लागिएको उनको भनाइ छ। आजको सभामा काठमाडौं महानगरपालिकासहित काठमाडौं जिल्लाका ११ वटै पालिकाका एमाले तर्फका उम्मेदवार आआफ्नो पालिकाको जुलुस र झाँकीसहित दिउँसो २ बजे भृकुटी मण्डपमा भेला हुने पनि शाक्यले बताए।

बागबजार, सुन्धारा र पुतलीसडक गरी तीन स्थानबाट चुनावी जुलुस सुरु हुनेछ। उक्त जुलुस भृकुटी मण्डपमा पुगेर चुनावी सभामा सहभागी हुनेछ।

प्रकाशित: May 10, 2022| 08:05 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...