बिहीबार, मंसिर १३, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

काजोल चौंथो पुस्ताकी नायिका 

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

himalayan bank box
Metro Mart
vianet
मुम्बई- ४४ सालकी काजोल बलिउडमा चौथो पूस्ताकी कलाकार हुन्। उनै काजोलले ५ अगस्त २०१८ मा आफ्नो ४४ औं जन्मदिन मनाएकी छिन्। बलिउडमा काजोलको यात्रा १९९२ मा आएको फिल्म ‘बेखुदी’देखि शुरु भएको थियो। त्यो समय उनी १७ सालकी थिइन्। तर काजोलको परिवर भने पछिल्लो तीन पुस्तादेखि सक्रिय रहेको छ।
 
काजोलको जिजुहजुरआमा रत्नबाईदेखि बलिउडमा अभिनय चलिरहेको छ। गायकबाट कलाकार बनेकी रत्नबाईको पहेलो १९३३ मा आएको थियो। त्यतिखेर आवाजको फिल्म भर्खर भारतमा शुरु गरिएको थियो। 

रत्नबाईको छोरी शोभना समर्थ (काजोलको हजूरआमा)ले १९३५ मा फिल्म डेब्यू गरेकी थिइन्। त्यो भन्दा अगाडि रत्नबाईले १९३५ मा यास्मीन र भिखारन, १९४२ मा लाजबंती, १९४५ मा धरम जस्ता फिल्ममा काम गरेसकेकी थिइन्। शोभनाका दुवै छोरी तनुजा र नूतनको बलिउडसँग धेरै नजिकता छ। तनुजाको छोरी काजोल नै बलिवुडमा धेरै सफल कलाकारलाई रूपमा हेरिन्छ। तर उनकै बहिनी तनिशाको फिल्म भने त्यति चलेन।

काजोल चौथी पुस्ताकी हुन्। काजोलका परिवार बलिवुडमा ८७ बर्षदेखि सक्रियरहेको छ। 

तनुजाले काजोलका लागि फिल्म १९९३ मा आफ्नै प्रोडक्सनमा बनाउन शुरु गरेकी थिइन्, पहिचान आफ्नो-आफ्नोबाट। फिल्ममा काजोलका साथै अयूब खान पनि थिए। निर्देशन चन्द्र बरोटले गरेका थिए। पछि तनुजा स्वयम्ले यो फिल्म बन्द गरेकी थिइन्। 

काजोल चलचित्र बाहेक सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छिन्। यसको लागि २००८ मा कर्मवीर पुरस्कार पनि पाएकी थिइन्। २००९ मा शिक्षा एनजिओसँग मिलेर काम पनि गरेकी थिइन्। द लुम्बा ट्रस्टको गुडवील एम्बेस्डर रहेकी काजोल २०१२ मा प्रथम संस्थाको एम्बेस्डर रहेकी थिइन्। 

हालै काजोलका फिल्म ‘हेलिकप्टर इला का’को ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा एउटा सिंगल आमाको कथा छ। जसमा काजोलको मुख्य भूमिका छ। साथै नेहा धूपिया र रिद्धी सेन समेतको भूमिका छ।

काजोलका बर्थ डे मा ‘हेलीकप्टर इला का’ को ट्रेलर सार्वजनिक भएको थियो। फिल्म ७ सितम्बर २०१८ मा रिलिज हुनेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्