मंगलबार, असार ९, २०८३

गठबन्धनले मतपत्र च्यात्न, चपाउन, थुत्न र निल्न सक्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले पुनः मतपत्र च्यात्न सक्ने आशंका गरेका छन्। निर्वाचनमा मतपत्र च्यात्ने, थुत्ने काम गठबन्धनका लागि नौलो नभएकाले उनले मतपत्रको सुरक्षामा गर्न पनि कार्यकर्तालाई आग्रह गरेका छन्।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९
National life
Shivam cement

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले पुनः मतपत्र च्यात्न सक्ने आशंका गरेका छन्।  निर्वाचनमा मतपत्र च्यात्ने, थुत्ने काम गठबन्धनका लागि नौलो नभएकाले उनले मतपत्रको सुरक्षामा गर्न पनि कार्यकर्तालाई आग्रह गरेका छन्। 

क्रममा उनले सत्ता गठबन्धनले भोटले चुनाव नजित्ने भन्दै धाँधली गर्न सक्ने आशंका गरेका हुन्।  ‘हामीले अघिल्लो पटक पनि भरतपुरमा हेरेका छौँ। मतपत्र च्यात्ने, थुत्ने, चपाउने, निल्ने त्यस्तै के के गरेर जित्ने हो,' सोमबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै, ‘पशुपतिमा देखेका छौँ। फूलको थाली बाँदर खोसेर लग्छ। त्यहाँ त एउटा बाँदर आउँछ, यहाँ त पाँचवटा बाँदर एकैचोटी आउँछ। त्यसैले हामी सचेत हुनु जरुरी छ।’ 

मतगणना नसकिएसम्म मतपत्रबाट आँखा दायाँबायाँ नगर्न पनि उनको आग्रह छ। ' (मतपत्रको) बाकस एकछिन पनि आँखाबाट ओझेल पार्नु हुँदैन,' ओलीको आग्रह छ। एमाले विजयी भएपनि कर्मकाण्ड पूरा बाँकी रहेको ओलीको दाबी छ।

प्रकाशित: May 09, 2022| 16:00 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...