शुक्रबार, साउन २९, २०८३

समावेशिता विरोधी ओलीले विकासको कुरा गर्न सुहाउँदैन : कांग्रेस

नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली समावेशिता विरोधी भएको आरोप लगाउँदै उनले विकासको कुरा गर्न नसुहाउने टिप्पणी गरेको छ।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

काठमाडौं- नेपाली कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओली समावेशिता विरोधी भएको आरोप लगाउँदै उनले विकासको कुरा गर्न नसुहाउने टिप्पणी गरेको छ।

सोमबार केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता प्रकाशसरण महतले ओलीले काम गरेर कुरा मात्रै ठूलो गर्ने बताए। 'ओलीजीले कुरा मात्रै ठूला गर्नुहुन्छ। उहाँ त समावेशिताको विरोधी व्यक्ति हो। उहाँले कुरा मात्रै गर्ने हो। किनकि कुरा गर्न सजिलो छ। तर, काम गर्न गाह्रो छ। त्यो ओलीजीले सक्नुहुन्न,' उनले भने।

चुल्हाचुल्हामा ग्यास जोड्नेदेखि रेल कुदाउनेसम्मका कुरा गफमात्रै भएको महतको आरोप छ। यसका साथै ओलीको कार्यकाल काण्डैकाण्डमा बितेको टिप्पणी गरे। ओम्नी, यतिदेखि विभिन्न काण्ड गरेर ओलीको कार्यकाल सकिएको उनको आरोप छ।

'यतिमात्र होइन। ओलीको पालमा ऋण बढेको छ। ओलीले ऋण लिएर घ्यू खाने काम गर्नुभयो। ऋण लिएको १९ अर्ब विकासमा नखर्चिएर उहाँले कार्यकर्तालाई बाँड्ने काम गर्नुभयो,' महतले भने।

यस्ता व्यक्तिले विकास, सुशासन र समृद्धिका कुरा गर्न नसुहाउने महतको भनाइ छ। ओलीले कमल थापा र राजेन्द्र लिङ्देनलाई खोजी-खोजी चुनावी तालमेल गरेको आरोप लगाए।

प्रकाशित: May 09, 2022| 12:13 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...