मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसले दोहोर्‍यायो- ६५ वर्षदेखि वृद्धभत्ता र सुत्केरीलाई पाँच हजार पुगाउँछौँ

कांग्रेसले दोहोर्‍यायो- ६५ वर्षदेखि वृद्धभत्ता र सुत्केरीलाई पाँच हजार पुगाउँछौँ

नेपाली कांग्रेसले ६५ वर्षदेखि वृद्धभत्ता उपलब्ध गर्ने निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

काठमाडौं- नेपाली कांग्रेसले ६५ वर्षदेखि वृद्धभत्ता उपलब्ध गर्ने निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता पुनः दोहोर्‍याएको छ। कांग्रेस प्रवक्ता प्रकाशसरण महतले सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा ६५ वर्षमै वृद्धभत्ता उपलब्ध गराउने पार्टीको प्रतिबद्धतालाई कार्यान्वयन गरिने बताएका हुन्।

National life

'हामीले ६५ वर्षदेखि नै वृद्धभत्ता दिने अठोट गरेका छौं। हाम्रो सरकार बनेपछि उक्त प्रतिबद्धता पुरा गर्ने छौं। त्यस्तै सुत्केरी महिलालाई पाँच हजार उपलब्ध गराउने पार्टीको निर्णय छ। त्यो पनि कार्यान्वयनमा ल्याउने छौं,' महतले भने।

त्यसका साथै साना किसानका लागि १० हजार क्रेडिट कार्डसहित दुई प्रतिशत ब्याजदरमै ऋण उपलब्ध गराइने कांग्रेसले जनाएको छ।

वृद्धभत्ताको व्यवस्था ६५ वर्ष माथिका नागरिकका लागि गरिने प्रतिबद्धता पटक-पटक पार्टी सभापति शेरबहादुर देउवाले पनि चुनावी सभाहरूमा गर्दै आएका छन्।

प्रकाशित: May 09, 2022| 11:56 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...