शुक्रबार, साउन २९, २०८३

धनुषामा राप्रपा उम्मेदवारमाथि कुटपिट

धनुषामा राप्रपाका उम्मेदवारमाथि कुटपिट भएको छ। नेकपा एमालेका कार्यकर्ताले राप्रपाका उम्मेदवारमाथि कुटपिट गरेका हुन्।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

जनकपुर- धनुषामा राप्रपाका उम्मेदवारमाथि कुटपिट भएको छ। नेकपा एमालेका कार्यकर्ताले राप्रपाका उम्मेदवारमाथि कुटपिट गरेका हुन्।

धनुषाको सबेला नगरपालिका-४ का राप्रपा वडा सदस्यका उम्मेदवार समशुल राइन मियाँमाथि एमालेका कार्यकर्ताले सांघातिक आक्रमण गरेको राप्रपाले जनाएको छ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठले विज्ञप्ति जारी गर्दै आफ्ना उम्मेदवारलाई एमालेका कार्यकर्ताले उम्मेदवारी फिर्ता लिन दबाब दिएको र फिर्ता लिन नमानेपछि आक्रमण गरेको उल्लेख गरेका छन्। मियाको परिवारका सात जना सदस्यमाथि एमालेले आक्रमण गरेको राप्रपाको दाबी छ।

‘यस घटनामा संलग्नलाई पक्राउ गर्न, दोषीलाई कडा कारबाही गर्न र घाइतेको उपचारको प्रबन्ध गर्न राप्रपा जोडदार माग गर्दछ,’ प्रवक्ता श्रेष्ठले निकालेको विज्ञप्तिमा उल्लेख छ।

यसैगरी रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मा राप्रपाका वडाध्यक्षका उमेदवार लिलीवीर बिसीलाई नेकपा माओवादी केन्द्रका कार्यकर्ताले बाटो छेकेर धम्क्याउने, पार्टीको झण्डा च्यातेर फालिदिने र उमेदवारलाई लछारपछार गरेकोमा राप्रपाले विरोध गरेको छ।

‘घरदैलोमा पुगिरहेका राप्रपाका उमेदवारलाई निरुत्साहित गर्ने, धम्की दिने र आक्रमण गर्ने घटनाले लोकतान्त्रिक अधिकारको उपहास भएको छ। साथै यस्ता घटनाले निर्वाचनमार्फत उपयुक्त दल र उपयुक्त जनप्रतिनिधि छनौट गर्ने जनताको अधिकारसमेत कुण्ठित भएको छ,’ प्रवक्ता श्रेष्ठले भनेका छन्।

प्रकाशित: May 09, 2022| 11:29 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...