मंगलबार, असार ९, २०८३

भरतपुरमा हत्या भएका युवक कांग्रेस बागमती प्रदेशका प्रतिनिधि

चितवनको भरतपुर महानगरपालिका–७ मा हत्या भएका युवक नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि रहेको खुलेको छ।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका–७ मा हत्या भएका युवक नेपाली कांग्रेस बागमती प्रदेश प्रतिनिधि रहेको खुलेको छ। कांग्रेस चितवनले आज सोमबार विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो।

National life

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले विज्ञप्ति जारी गर्दै धारिलो हतियार प्रहार गरी अनिलको हत्या भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन्। ‘निर्वाचनको प्रचारप्रसारमा खटिरहेका एक युवामाथि सुनियोजित तरिकाले सांघातिक आक्रमण गरी निर्मम तरिकाले हत्या भएको घटनाले कांग्रेस चितवनलाई स्तब्ध एवं मर्माहित तुल्याएको छ,’ उनले भनेका छन्, ‘घटनाप्रति कांग्रेस चितवन खेद प्रकट गर्दै यथाशीघ्र सत्यतथ्य पत्ता लगाई दोषीमाथि कडाभन्दा कडा सजाय गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं।’

साथै यस घटनाबाट सिर्जना हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार स्वयं प्रशासन हुने पनि सभापति खनालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

आइतबार बेलुकी करिब साढे ७ बजे कृष्णपुर खेल मैदान नजिक अज्ञात समूहले धारिलो हतियार प्रहार गरी परियारको हत्या गरेको थियो। परियार वर्षअघि जेलबाट छुटेको खुलेको छ। परियार चितवन कारागारमा एक वर्ष सजाय काटेर छुटेको रेकर्ड प्रहरीसँग छ।

यसअघि आपराधिक क्रियाकलापमा जोडिएका परियारमाथि त्यही पृष्ठभूमिका युवाहरूसँगको विवादका क्रममा आक्रमण भएको थियो। उनीविरुद्ध यसअघि ज्यान मार्ने उद्योगसहित अन्य अपराधमा पनि मुद्दा चलेको थियो।

Shivam cement

प्रहरीले भनेको छ, ‘यो घटनामा विशुद्ध आपराधिक पृष्ठभूमि जोडिएको देखिन्छ। यसमा कुनै राजनीतिक संलग्नता अहिलेसम्म पाइएको छैन। ज्यान गुमाएका युवकको विगत पनि विवादित थियो। उनको हत्यामा पनि त्यही पृष्ठभूमिका व्यक्तिहरु संलग्न हुन सक्ने अनुमानसहित अनुसन्धान गरिरहेका छौं।’

परियारको हत्या आन्तरिक विवाद र लेनदेनका कारण भएको अनुमान प्रहरीले लगाएको छ। परियारको निकटता एकजना भारतीय नागरिकसँग रहेको देखिएको र घटनामा तिनै भारतीयको संलग्नता रहेको अनुमान प्रहरीले गरेको छ।

भरतपुर–७ कृष्णपुर खेल मैदान अगाडि धारिलो हतियार प्रहार भएका परियारको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। घटनापछि आज बिहान भरतपुरका केही चोकमा टायर बालेर प्रदर्शन पनि भएको थियो।



प्रकाशित: May 09, 2022| 11:00 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...