मंगलबार, असार ९, २०८३

महिला मतदाता भन्छन् : महिलाका मुद्दा उठाउनेलाई भोट

कैलालीका महिला मतदाता महिलाका मुद्दा सम्बोधन गर्न सक्नेलाई मत दिने पक्षमा रहेको बताउन थालेका छन्।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९

टीकापुर- कैलालीका महिला मतदाता महिलाका मुद्दा सम्बोधन गर्न सक्नेलाई मत दिने पक्षमा रहेको बताउन थालेका छन्। 

National life

मतदाता स्थानीय तह निर्वाचनमा पाँच वर्षका लागि नेतृत्व छान्नुपर्ने भएकाले लैङ्गिक मुद्दा बुझेको उम्मेदवार नेतृत्वमा ल्याउनुपर्ने विषयमा छलफल गर्न थालेका छन्। महिलाहरु लैङ्गिक मुद्दा नबुझेको उम्मेदवार पालिकाको नेतृत्वमा आए महिला झन पछाडि पर्ने भएकाले सचेत रहन आग्रह समेत गरिइएको छ। 

लम्कीचुहा नगरपालिकाकी टीका रसाइली यसपटक महिलाका मुद्दा अघि सारेर निर्वाचनमा खटिएको उम्मेदवारलाई जिताउने पक्षमा रहेको बताउछिन्। 'महिला उम्मेदवार पनि मैदानमा हुनुहुन्छ, हामीले महिलाका क्षेत्रमा काम गर्न सक्ने उम्मेदवार छान्ने सल्लाह गर्न थालेका छौँ', उनी भन्‍छिन्, 'सबै दलका स्थानीय घोषणापत्रसमेत हेरिरहेका छौँ। उम्मेदवारको यसअघिको क्रियाकलापलाई समेत ध्यान दिएका छौँ।'

यसपटक स्थानीय तह निर्वाचनमा महिला उम्मेदवार पनि कम छन्। प्रमुख र उपप्रमुखमध्ये एक पदमा महिला अनिवार्य गरिए पनि कतिपय ठाउँमा दुवै पदमा पुरुष उम्मेदवार छन्। यसले अझ महिलाको नेतृत्वलाई घटाउने जोखिम बढेको महिला मतदाता बताउँछन्। जानकी गाउँपालिकाकी लिला जैसी महिलाका मुद्दामा सबैभन्दा बढी संवेदनशील हुनुपर्ने सरकार र दलहरु नै हुनुपर्ने बताउनुहुन्छ। 'हामीले उम्मेदवारले यसअघि सामाजिक भूमिका रहँदा महिलाको समानताका लागि गरेका कामबारे पनि मूल्याङ्कन गर्छौं', उनले भनिन्, 'यसका साथै दलले महिलालाई अवसर दिँदा प्राथमिकता कतिको दिएको इतिहास छ भन्ने कुरा पनि हेर्ने हो। यसपटक महिला मतदाता सचेत हुनुपर्छ।'

टीकापुरकी रुविना चौधरी सबै समुदाय र क्षेत्रका मानिस समेटेर मैदानमा उत्रिएका उम्मेदवार जिताउने तयारीमा रहेको बताउनुहुन्छ। 'समाज विकासका लागि सक्षम र काम गर्ने इच्छाशक्ति भएको नेतृत्व चाहिन्छ', उनी भन्‍छिन्, 'निर्वाचनमा उम्मेदवार भएका यसअघि समाजमै क्रियाशील हुनुहुन्छ। यसअघि उहाँहरुले महिलाका विषयमा गरेका काम पनि हेर्छौं, अवसर र सक्षमताका लागि पहल गरेका कार्यबाट उहाँहरुलाई मूल्याङ्कन गर्ने हो।'

Shivam cement

महिला दलका घोषणापत्रमा स्वास्थ्य सेवा, शिक्षा, कृषिजस्ता कुरा मात्र समेटिएका गुनासो गर्छन्। राजनीतिक दलले महिलाका सानासाना समस्या समाधानमा ध्यान दिनेखालका घोषणा गरेको देखिँदैन। टीकापुरकी प्रियङ्का परियार महिलालाई स्वरोजगार बनाउने, रोजगारीमा प्राथमिकता दिनेजस्ता प्रतिबद्धता आउनुपर्ने बताउँछन्। 

'दलका प्रतिबद्धतापत्र हेर्दा गरे पनि हुने, नगरे पनि अपजस नपाउने खालमा छन्। महिलाका लागि यो यो गर्छौं भनी लेखेको देखिँदैन', उनी भन्‍छिन्, 'जस्तै उपभोक्ता समितिमा ५० प्रतिशत महिला राख्छौँ भन्न सक्नुपर्छ, पालिमा गठन हुने हरेक समिति वा कार्यक्रममा अनिवार्य ५० प्रतिशत महिलाले अवसर पाउँछन् किन भन्न नसकेका ? यो समयमा यी मसिना कुराहरुमा महिला मतदाता सचेत बन्न जरुरी छ।'

जिल्लामा पाँच लाख २५ हजार १२५ मतदाता छन्। जसमा महिलाको सङ्ख्या बढी छ। कैलालीमा दुई लाख ६९ हजार १० महिला मतदाता छन् भने पुरुष मतदाता दुई लाख ५६ हजार १०४ छन्। ११ जना अन्य मतदाता रहेका निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए। पुरुषको तुलनामा महिला मतदाता बढी भए पनि यहाँ पालिकाको नेतृत्वमा महिला धेरै आउनेमा चिन्ता बढेको छ। 

कैलालीको लम्कीचुहा नगरपालिकामा मात्रै सत्ता गठबन्धनबाट सुशीला शाही प्रमुख पदमा महिला उम्मेदवार हुनुहुन्छ। बाँकी अन्य पालिकामा प्रमुख पदमा पुरुषकै वर्चस्व छ। यसले पनि महिलालाई प्रमुख पदमा पुगाउन दलहरु समेत सच्चिन आवश्यक रहेको महिलाकै आवाज छ।

महिला अधिकारकर्मी गोमा आचार्य महिला मतदाताको सङ्ख्या बढी भए पनि दलहरुले निर्वाचनमा उम्मेदवारी दिँदा महिलालाई पाखा लगाएकाले यसपटक कैलालीका महिला महिलाका मुद्दामा काम गर्ने उम्मेदवार छान्नुपर्छ भन्नेमा सचेत रहेको बताउँछिन्। 'वर्षौं राजनीतिमा लागेका, सक्षम महिलाले पनि अवसर पाउन कठिन छ। त्यसैले मतदाता महिलाले आफ्नो विवेक प्रयोग गरेर मतदान गर्न आवश्यक छ', उनी भन्‍छिन्, 'महिलाको उपस्थिति बलियो बनाउन जरुरी छ।' - रासस

प्रकाशित: May 09, 2022| 09:00 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...