मंगलबार, असार ९, २०८३

आठबीसमा मेयरका प्रत्यासीको गाडीमा आगजनी, चालक भित्रै थिए

दैलेखको आठबीस नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने गाडीमा आगजनी भएको छ। बा१९च ५५७९ नम्बरको स्कार्पियो गाडीमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको हो।
 |  सोमबार, वैशाख २६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २६, २०७९
National life
Shivam cement

सुर्खेत- दैलेखको आठबीस नगरपालिकाको मेयरमा एमालेका उम्मेदवार तर्कबहादुर बडुवाल चढ्ने गाडीमा आगजनी भएको छ। बा१९च ५५७९ नम्बरको स्कार्पियो गाडीमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको हो।

चालक गाडीभित्रै सुतिरहेको समयमा आठबीस नगरपालिका-४ राकम कर्णालीको खोलीबजारस्थित श्रृष्टि होलमा पार्क गरी राखिएको स्कार्पियोमा राति अज्ञात समूहले आगजनी गरेको थियो।

चालकले टायरमा आगो लागेको थाहा पाएपछि तत्काल गाडी चलाएर नजिकै रहेको खोलाको नहरमा पर्‍याएका थिए। जसले गाडी ठूलो क्षति हुनबाट जोगिएको छ। प्रहरीले घटनाबारे अनुसन्धान थालिएको जनाएको छ।

प्रकाशित: May 09, 2022| 06:40 सोमबार, वैशाख २६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...