शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • मतदानको दिन पनि चल्न पाउँछन् यी सवारी, मतदाताले चढ्न पाउँदैनन् गाडी

मतदानको दिन पनि चल्न पाउँछन् यी सवारी, मतदाताले चढ्न पाउँदैनन् गाडी

मतदान गर्न जाने व्यक्तिले भने यातायातका साधन प्रयोग गर्न पाउने छैनन्। उम्मेदवारले पनि आफ्नो वा अन्य सवारीसाधनमा मतदाता ओर्सान पाउँदैनन्।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं- मतदानका दिन अत्यावश्यक  सेवा प्रवाह गर्ने सवारी साधन चल्न पाउने भएका छन्। सो दिन लामो तथा छोटो दुरीका सबै सवारीसाधन बन्द हुने भए पनि अत्यावश्यक सेवा प्रवाह गर्ने सवारी साधनले भने पास लिएर चल्न पाउने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए। उक्त दिन आन्तरिक उडान बन्द रहनेछन्। 

जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक कामको लागि पास वितरण गर्नेछ। अत्यावश्यक सवारीसाधनमा एम्बुलेन्स, खाद्यान्न ढुवानी, खानेपानी, तरकारी, दूध ढुवानी गर्नेलगायत मालवाहक सवारी छन्। कूटनीतिक नियोगका सवारीसाधन र अत्यावश्यक सरकारी कामकाजमा प्रयोग हुने सवारीसाधन सञ्चालन गर्न दिइनेछ। 

यसबाहेक राज्यका माथिल्लो निकायका कर्मचारी, सुरक्षा निकाय र चुनावसँग सम्बन्धित कर्मचारीले सवारीसाधन प्रयोग गर्न पाउनेछन्। 

सञ्चारकर्मीले निर्वाचन आयोगबाट प्रदान गरिएको पासका आधारमा ओहोरदोहोर गर्न पाउनेछन्। त्यसको लागि सवारी नम्बर र विवरण खुलाई सम्बन्धित सञ्चार संस्थाबाट सूचना तथा प्रसारण विभागमा सिफारिस-पत्र पठाउनुपर्नेछ।

उम्मेदवारले आफ्नो वडा वा स्थानीय तहभित्र सवारी गुडाउन पाउनेछन्। तर एक जिल्लाबाट अर्को जिल्ला वा एक स्थानीय तहबाट अर्को स्थानीय तहमा प्रवेश गर्न पाउनेछैनन्। चुनावको दिन प्रहरीले ठाउँठाउँमा सवारी चेकजाँच गर्नेछ। अनावश्यक सवारीसाधनलाई रोक्ने मन्त्रालयले जानकारी दिएको छ।

यस्तै सो दिन अत्यावश्यक कामले एक जिल्लाबाट अर्को जिल्ला वा काठमाडौंबाट बाहिर जानुपरे जिल्ला प्रशासन कार्यालय र निर्वाचन आयोगसँग पास लिनुपर्नेछ।

मतदान गर्न जाने व्यक्तिले भने यातायातका साधन प्रयोग गर्न पाउने छैनन्। उम्मेदवारले पनि आफ्नो वा अन्य सवारीसाधनमा मतदाता ओर्सान पाउँदैनन्। 

प्रकाशित: May 08, 2022| 20:26 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...