मंगलबार, असार ९, २०८३

धनगढी पुगे देउवा-प्रचण्ड, प्रधानमन्त्रीको बास आफ्नै निवासमा

प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निवासमा बस्नेछन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड धनगढीको रुबस होटेलमा बस्ने भएका छन्।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केही समयअघि धनगढी पुगेका छन्। प्रधानमन्त्री देउवा धनगढी उपमहानगरपालिका–४ स्थित आफ्नै निवासमा बस्नेछन्। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड धनगढीको रुबस होटेलमा बस्ने भएका छन्। 

National life

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सोमबार धनगढीको रङ्गशालामा हुने सत्ता साझेदार दलको चुनावीसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। सो स्थानको चुनावीसभापछि प्रधानमन्त्री देउवा डडेलधुरा जाने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए। 

माओवादी केन्द्रका अध्यक्ष दाहाल सोमबार नै कैलालीको हसुलिया, डोटी, र कञ्चनपुरको बेलौरीलगायत क्षेत्रमा हुने चुनावीसभालाई सम्बोधन गर्नुहुने सो पार्टीका नेता रमेश भट्टराईले जानकारी दिए। 

स्थानीय तहको निर्वाचन आउन केही दिन मात्र बाँकी रहँदा राजनीतिक दलका शीर्ष नेताको चुनावी दौडधुप पनि ह्वात्तै बढेको छ।

प्रकाशित: May 08, 2022| 19:23 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...