शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गठबन्धनलाई जिताउन विज्ञप्ति जारी गर्ने पत्रकार संगठनका अध्यक्षलाई आयोगको २४ घण्टे स्पष्टीकरण

गठबन्धनलाई जिताउन विज्ञप्ति जारी गर्ने पत्रकार संगठनका अध्यक्षलाई आयोगको २४ घण्टे स्पष्टीकरण

सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वानसहित वक्तव्य जारी गर्ने गठबन्धन दलआबद्ध पत्रकार संगठनका अध्यक्षहरूलाई निर्वाचन आयोगले २४ घण्टे लिखित स्पष्टीकरण मागेको छ।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं– सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वानसहित वक्तव्य जारी गर्ने गठबन्धन दलआबद्ध पत्रकार संगठनका अध्यक्षहरूलाई निर्वाचन आयोगले २४ घण्टे लिखित स्पष्टीकरण मागेको छ।

आयोगले ‘अमूक गठबन्धनका पक्षमा उभिने विषयले प्रेस स्वतन्त्रता कुण्ठित हुन्छ कि हुँदन? पत्रकारिताको क्षेत्र र राजनीतिक क्षेत्र भिन्न हो कि होइन?’ भन्दै २४ घण्टाभित्र विज्ञप्ति हटाएर सोही समयभित्र लिखित जवाफ पेस गर्न पत्र काटेको छ।

शनिबार कांग्रेस निकट नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, माओवादी निकट प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटा, नेकपा एस निकट समाजवादी प्रेस संगठनका अध्यक्ष शम्भु श्रेष्ठसहितले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आह्वान गर्दै संयुक्त विज्ञप्ति जारी गरेका थिए।

आयोगले सोधेको स्पष्टीकरण


 पत्रकार संगठनले जारी गरेको विज्ञप्ति



 

प्रकाशित: May 08, 2022| 16:47 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...