शुक्रबार, साउन २९, २०८३

गठबन्धनले सबै पार्टीलाई फाइदा पुग्नेछ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनबाट सबै पार्टीलाई फाइदा पुग्ने बताएका छन्।
 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

पोखरा- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनबाट सबै पार्टीलाई फाइदा पुग्ने बताएका छन्।

'देशको हित र सबै पार्टीको फाइदाका लागि गठबन्धन गरेका हौं,' चितवनमा आयोजित चुनावी सभामा बोल्दै प्रचण्डले भने, 'गठबन्धनले नै संसद र संविधानलाई ठूलो दुर्घटनामा जानबाट जोगाएको हो।'

पाँच दलीय गठबन्धन नभएको मुलुक यतिबेला ठूलो दुर्घटनामा पुगिसकेको हुने उनले बताए। गठबन्धन जन्मेकै दिनदेखि गठबन्धन टुटाउने सडेन्त्र भइरहेको समेत उनको दाबी छ।

'निर्वाचन अग्रगमन र प्रतिगमनबीच भएको छ। सामन्तीहरू एकातिर छन् भने हामी अग्रगामी अर्कोतिर छौ,' उनले भने। 'गठबन्धनलाई जिताउन प्रचण्डले अपिल गरेका छन्। अग्रगमनविरुद्ध राजावादीहरूको अर्को गठबन्धन बनेको प्रचण्डको दाबी छ।

जनतालाई धम्क्यायो भनेर आफूमाथि गलत अर्थ लगाइएको उनले बताए। 'मैले धम्क्याएका हैन, संविधान रक्षाका लागि पहल गरेको हुँ,'  प्रचण्डले भने।

गठबन्धनले ५० प्रतिशत कांग्रेसलाई फाइदा भएको उनले बताए। माओवादी, समाजवादी र जनमोर्चालाई पनि गठबन्धनले फाइदा पुगाउने उनको दाबी छ।

प्रकाशित: May 08, 2022| 13:44 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...