काठमाडौं- सत्तागठबन्धनले आज पोखरामा चुनावीसभा गर्दैछ। चुनावीसभालाई प्रधानमन्त्री शेरबहादुर देउवासँगै गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताले सम्बोधन गर्नेछन्।
सभालाई सम्बोधन गर्न देउवा चितवन पुगिसकेका छन्। बिहान ११ बजेदेखि सुरु हुने भनिएको सभा केही बेर ढिला गरी सुरु हुने भएको छ।
गठबन्धनले यसअघि भरतपुर, काठमाडौं, लुम्बिनी र जनकपुरमा चुनावीसभा गरिरहेको छ।
पोखराको सभा सकेर कांग्रेस सभापति देउवालगायत शीर्ष नेताहरू दाङको तुलसीपुर जाने कार्यक्रम छ।