विराटनगर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मोरङ र सुनसरीमा शनिबार आयोजना गरिएका चुनावी कार्यक्रमलाई संवोधन गर्न आउँदैछन्।
विराटनगर महानगरपालिका, धरान र इटहरी उपमहानगरपालिका तथा सुन्दरहरैँचा नगरपालिकामा तय गरिएका कार्यक्रममा अध्यक्ष ओली सहभागी हुने एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीले जानकारी दिए। उनका अनुसार कार्यक्रममा एमालेका उम्मेदवार तथा नेता, कार्यकर्ताको उपस्थिति हुनेछ।
आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गरेर एमालेले प्रदेशभर घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको बताइएको छ।