मंगलबार, असार ९, २०८३

भरतपुरमा राप्रपा छोडेर ६० जना माओवादीमा प्रवेश

राप्रपा निकट मजदुर संघठनका जिल्ला उपाध्यक्ष तुलबहादुर घर्तीसहित ६० जना भन्दा बढी युवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
 |  शनिबार, वैशाख २४, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख २४, २०७९
National life
Shivam cement

चितवन- राप्रपा निकट मजदुर संघठनका जिल्ला उपाध्यक्ष तुलबहादुर घर्तीसहित ६० जना भन्दा बढी युवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। 

उनीहरूलाई एक अनौपचारिक कार्यक्रमकाबीच माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र अविर लगाएर पार्टीमा स्वागत गरेका छन्।

पार्टीमा युवाहरूलाई स्वागत गर्दै पार्टी अध्यक्ष प्रचण्डले देशको परिवर्तनका सम्बाहक युवा भएको बताएका थिए। उनले नव प्रवेशी युवाहरूलाई यतिबेला सबैभन्दा महत्वपूर्ण विषय स्थानीय तहको निर्वाचन भएकाले आफ्नो तहबाट निर्वाचनलाई सफल बनाउनको लागि लाग्न यूवाहरुलाई निर्देशन दिएका थिए।

प्रकाशित: May 07, 2022| 07:29 शनिबार, वैशाख २४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...