शुक्रबार, साउन २९, २०८३

विवादास्पद अभिव्यक्तिमा आरजुको निरन्तरता

प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणाले विवादास्पद अभिव्यक्तिमा निरन्तरता दिन थालेकी छन्।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी एवम् नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणाले विवादास्पद अभिव्यक्तिमा निरन्तरता दिन थालेकी छन्। शुक्रबार कैलालीमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यसअघिका विवादास्पद अभिव्यक्तिलाई निरन्तरता दिएकी हुन्। 

सम्बोधनका क्रममा धनगढीका स्थानीयलाई फ्री-भिसा र फ्री-टिकटमा मलेसिया पठाइदिने डा राणाले आश्वासन दिइन्। 'हामी सबैलाई गर्न सक्दैनौँ। तर, यो ठाउँमा दु:ख पाएकाहरु केहीलाई पढाउने छु। मलेसिया जाने कोही भएमा मलाई आउने कोटाबाट फ्री-भिसा र टिकट मिलाउनेछु। हामी त्यस्ता ५-६ जनालाई मलेसिया पठाउँछौँ। तर सबैलाई लान सकिन्न, नसके यहीँ रोजगारी दिन कोसिस गर्छौँ,’ प्रधानमन्त्रीपत्नीले भनिन्। तर सरकारले रोजगारीका लागि खाडी र मलेसिया जानेलाई फ्री-भिसा र फ्री टिकटको नीति लिएको छ। 

बिहीबार गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसले नजित्ने पालिकालाई बजेट नदिने बताएकी थिइन्। राणाले कांग्रेसको मेयर नभएको ठाउँमा पैसा नपठाउने चेतावनी दिएकी छन्। डडेलधुरामा बिहीबार आयोजित कार्यक्रममा उनले भनिन्, 'कांग्रेसको मेयर नै हुनुहुन्न त हामीले किन पैसा पठाउँछौँ? त्यसैले यो कुरालाई पनि ध्यान दिएर यो करुवा-सरुवा-हरुवा पार्टीहरुलाई भोट नहाल्नुस्।'

करुवा नेपाली कांग्रेस बीपीको चुनाव चिह्न हो। डडेल्धुराका केही पालिकामा कर्ण मल्लले नेपाली कांग्रेस बीपीलाई समर्थन गरेका छन्। कर्णलाई हालै कांग्रेसले साधारण सदस्यबाट समेत निष्काशित गरेका छ।

कुनै पालिकामा कसले जितेको छ भन्ने आधारमा बजेट विनियोजन हुँदैन। अर्थ मन्त्रालयले जनसंख्या, भूगोललगायतका विभिन्न आधारमा सूत्र तयार पारेर सोही अनुसार आएको रकम पालिकाहरूलाई विनियोजन गर्छ। अर्थ मन्त्रालयका अनुसार प्रधानमन्त्री वा उनकी पत्नी वा अरु कोही हुँदैमा कुनै पालिकालाई जाने बजेट रोक्ने भन्ने अवस्था हुँदैन।

प्रकाशित: May 06, 2022| 16:54 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...