मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गठबन्धनप्रति नै माधव नेपालको संशय, भने- एक्लै गरेर देखाउँछु भन्‍ने भ्रमबाट मुक्त हुनुस्

गठबन्धनप्रति नै माधव नेपालको संशय, भने- एक्लै गरेर देखाउँछु भन्‍ने भ्रमबाट मुक्त हुनुस्

उनले मुलुकमा दुई खाले गठबन्धन रहेको बताएका छन्। भने, 'एउटा प्रगतिशील गठबन्धन र प्रतिगमनकारीहरुको गठबन्धन छ। त्यसैले हामी संविधान जोगाउनेहरु अहिले मिल्नुको विकल्प छैन।'
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धनप्रति नै संशय व्यक्त गरेका छन्। सत्ता गठबन्धनको संघीय राजधानी काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, 'अहिले पनि कतिपयलाई लाग्‍न सक्छ, एक्लै गरेर देखाउन सक्छौँ। तर यो भ्रमबाट मुक्त हुन आवश्यक छ।'

National life

उनले मुलुकमा दुई खाले गठबन्धन रहेको बताएका छन्। भने, 'एउटा प्रगतिशील गठबन्धन र प्रतिगमनकारीहरुको गठबन्धन छ। त्यसैले हामी संविधान जोगाउनेहरु अहिले मिल्नुको विकल्प छैन।'

उनले विगतमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध गरेको आन्दोलनको स्मरणसमेत गरेका छन्। भने, 'मानिसहरुले सोचेका थिएनन्, निरकुंश शाशकलाई यसरी फाल्न सक्छौँ भनेर। तर हामीले गरेर देखायौँ। यी इतिहासका मोडहरुमा हामी सँगसँगै अघि बढेका छौँ। त्यसैले गठबन्धन एकता भएको शक्ति हो।'

उनले अहिले सत्ता गठबन्धनमा रहेको शक्तिले नै प्रतिगमनले परास्त गरेको बताए। उनले भने, 'हामी त्यसै ठाउँमा भेला भएका छौं। यही रत्‍नपार्कमा हामी बसेका छौँ। जुन ठाउँमा हामीले प्रतिगमन शक्ति विरुद्ध सडकमा पैलेटी कसेर बसेका थियौँ। हामीले नरायणहिटीतर्फ हेर्दै प्रतिगमनकारी शक्तिलाई चुनौति दिएका थियौं।'

उनले गठबन्धनका उम्मेदवारीहरु टुंगिँदा आफू प्रफूल्लित भएका थिए। उनले भने, 'मेयरको उम्मेदवारले जसरी प्रस्तुत गर्नुभयो। म त्यसबाट धेरै प्रभावित भएँ। उहाँले पनि शुसासन र फोहोरमैलाको व्यवस्थापन गर्नुपर्छ भन्ने कुरा अघि सार्नुभयो। काठमाडौंको सभ्यतादेखि खानेपानीसम्मका कुरा अगाडि सार्नुभएको छ, यो अत्यन्तै प्रशंसनिय रहेको छ।'

Shivam cement

उनले नेकपा एमालेतर्फ संकेत गर्दै प्रतिगामीसँग साँठगाँठ गरेको भन्दै आपत्ति जनाएका छन्। भने, 'यदि कुनै ठाउँमा गठबन्धन छैन भने पनि प्रतिगामीहरुसँग साँठगाँठ गर्ने होइन। प्रतिगामी उम्मेदवारलाई जिताउने पनि होइन। तर, कतिपय ठाउँमा प्रतिगामीहरुसँग पनि साँठगाँठ भएको र संयुक्त उम्मेदवारी दिएको कुरा सुन्‍नमा आएको छ।'

एमालेसँग साँठगाँठ गर्ने नेताहरुलाई कारबाही गर्नुपर्नेसमेत अध्यक्ष नेपालले बताएका छन्। उनले भने, 'यदि हो भने, त्यस्ता नेताहरुलाई कारबाही गर्न सम्बन्धित दलका नेताहरुलाई ध्यानाकर्षण गराउन चाहन्छु। इदि कारबाही भएन भने विश्वास माथि प्रश्न उठ्नेछ।'


प्रकाशित: May 06, 2022| 16:50 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...