शुक्रबार, साउन २९, २०८३

काठमाडौंमा फोहोरले उभिने ठाउँ छैन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले काठमाडौंमा फोहोरका कारण उभिने स्थानसम्म नभएको आरोप लगाएका छन्। लामो समयसम्म काठमाडौं महानगरको नेतृत्व एमालेले गरेको तर्फ लक्षित गर्दै उनले एमालेले फोहोरको समस्या समाधान नगरेको आरोप लगाएका हुन्।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले काठमाडौंमा फोहोरका  कारण उभिने स्थानसम्म नभएको आरोप लगाएका छन्। लामो समयसम्म काठमाडौं महानगरको नेतृत्व एमालेले गरेको तर्फ लक्षित गर्दै उनले उक्त पार्टीले राजधानीमा फोहोरको समस्या समाधान नगरेको आरोप लगाएका हुन्। 

'३० वर्षदेखि काठमाडौंले भोगिरहेको दुई समस्या मैले हेर्दैछु। फोहोर र खानेपानीको व्यवस्थापनको कुरा अझै सुल्झिएको छैन। अहिलेसम्मको नेतृत्वको नालायकीपन हो यो। यो भन्दा ठूलो लज्जास्पद कुरा के हुन्छ,' उनले भने, 'एउटै कुरा उहाँहरुले दिनुभयो भने ठूलो गुण लाग्छ। शुसासन दिनुस्। सफा र स्वच्छ कार्यक्रम ल्याउनुस्। मनिसहरुले उभिने ठाउँ पनि छैन। यस्ता कुराहरुको समाधान होस्। खानेपानी र फोहोरको समस्याको समाधान होस्।'

आफूहरूको गठबन्धनका विरुद्ध केपी ओलीले पनि अर्को गठबन्धन बनाएको उनको भनाइ छ। 'कसलाई लिएर गठबन्धन गर्नुभएको छ, तिनको अनुहार पनि हेर्नुस्। त्यसैले मैले भन्ने गरेको छु, यो गठबन्धन संविधान, लोकतन्त्र बचाउन र मुलुकलाई राजनीतिक स्थायित्व दिनको लागि यो गठबन्धन बनेको छ,' पौडेलले भने। ओलीलाई बलियो बनाउन गठबन्धन कमजोर पार्ने काम भइरहेको समेत उनले आरोप लगाए। 

प्रकाशित: May 06, 2022| 16:25 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...