मंगलबार, असार ९, २०८३

एमालेका हावादारी नेताले हावादारीलाई नै टिकट दिए : इन्द्र बानियाँ

'केशव स्थापितजस्तो कहिले कता, कहिले कुन पार्टी धाइरहने हावा नेतालाई एमालेले टिकट दिएको छ। ओली आफैँ हावा नेता हुन्। हावादारीलाई नै महानगरको टिकट दिए। मैले प्रदेशसभा सदस्य हुँदा केशव स्थापितलाई भेटेको थिएँ। अनुशासन नै छैन। त्यस्ता उदण्डलाई एमालेले टिकट दिएछ,' बानियाँले भने।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

काठमाडौं- नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले महाहावादारी नेता एमाले अध्यक्ष केपी शर्मा ओलीले हावादारी नेता केशव स्थापितलाई काठमाडौं मेयरका लागि टिकट दिएको आरोप लगाएका छन्। राजधानीको शान्तिवाटिकमा सत्ताधारी गठबन्धनले आयोजना गरेको चुनावी सभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

National life

'केशव स्थापितजस्तो कहिले कता, कहिले कुन पार्टी धाइरहने हावा नेतालाई एमालेले टिकट दिएको छ। ओली आफैँ हावा नेता हुन्। हावादारीलाई नै महानगरको टिकट दिए। मैले प्रदेशसभा सदस्य हुँदा केशव स्थापितलाई भेटेको थिएँ। अनुशासन नै छैन। त्यस्ता उदण्डलाई एमालेले टिकट दिएछ,' बानियाँले भने। 

मुलुकमा उदण्डताको पराकाष्ठाले पाँचदलीय गठबन्धनको जरुरी भएको बताए। 'यो गठबन्धन बृहत शान्ति सम्झौताको जगमा छ,' उनले भने। 

पत्रकार महासंघमा, राष्ट्रिय सभा, बार एसोसियसनमा एकले अर्कालाई भोट दिने अभ्यास भएकाले अब गठबन्धन गर्दा मतमा फरक नपर्ने उनको दाबी छ। 'एकअर्कोलाई जिताउने कुरा आत्मियता र व्यवारिकता भइसक्यो। तर, यहाँ एकले अर्कोलाई मत हाल्न सक्दैनन भनेर भ्रम फैलाइएको छ। अहिले आएर कांग्रेसले अन्त भोट हाल्दैन भनेर पार्टीभित्रैबाट भ्रम सृजना गरिएको छ। ति विद्रोही भनिएकाहरु सच्चा कांग्रेसी हैनन्,' उनले भने। 

प्रकाशित: May 06, 2022| 16:19 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...