मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस नेता आलमको मुद्दामा जिल्ला र उच्चकै आदेश सदर, थुनामुक्त गर्न नमिल्ने

कांग्रेस नेता आलमको मुद्दामा जिल्ला र उच्चकै आदेश सदर, थुनामुक्त गर्न नमिल्ने

न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा शुक्रबार भएको सुनुवाइ पछि सर्वोच्चले यस्तो आदेश गरेको हो। योसँगै आलमको माग बदर भएको भने उनी थुनामुक्त नहुने भएका छन्।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमविरुद्धको मुद्दामा सर्वोच्च अदालतले जिल्ला तथा उच्च अदालतकै आदेश सदर गरेको छ। मुद्दाको अन्तिम फैसला नहुन्जेल आलमलाई थुनामै राख्ने जिल्ला अदालत र उच्चको आदेश सदर गरेको हो।

National life

न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा शुक्रबार भएको सुनुवाइ पछि सर्वोच्चले यस्तो आदेश गरेको हो। योसँगै आलमको माग बदर भएको  भने उनी थुनामुक्त नहुने भएका छन्। 

नेता आलममाथि २०६४ साल चैत २७ गते संविधानसभा निर्वाचनका क्रममा बम विस्फोट हुँदा घाइतेलाई इँटाभट्टामा जलाएर मारेको केही व्यक्तिको ज्यान लिएको आरोप लागेको छ।

जिल्ला अदालत रौतहटले आलमलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरेको थियो। जिल्लाको आदेशविरुद्ध उनी उच्च अदालतमा गएका थिए। उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले पनि उनलाई थुनामा राख्ने जिल्लाकै आदेश सदर गरेपछि सर्वोच्च पुगेका थिए। 

आलम नक्खु कारागारमा छन्। उनीमाथि तीन वटा मुद्दा लगाइएको छ। उनीविरुद्ध ३२ वर्ष कैदको माग गरिएको छ। 

Shivam cement

प्रकाशित: May 06, 2022| 15:23 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...