शुक्रबार, साउन २९, २०८३

मोरङमा राप्रपाबाट मेयरका प्रत्यासी गौतमको गाडीमा आगजनी

मोरङको बेलबारी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरका उम्मेदवार बनेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ।
 |  शुक्रबार, वैशाख २३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २३, २०७९

विराटनगर- मोरङको बेलबारी नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरका उम्मेदवार बनेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ। 

बेलबारी-२ लालभित्तिस्थित आफ्नै घरको आँगनमा पार्किङ गरेर राखेको वा१२च ९३८४ नम्बरको कारमा बिहीबार राति आगजनी भएको हो।

तत्काल आगो नियन्त्रण हुँदा गाडीमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। गौतमको घरको सिसिटीभीको फुटेजका आधारमा राति १ बजेर ४० मिनेटमा सुभाष पाण्डेले गाडीमा पेट्रोल छर्केर आगजनी गरेको देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ। घटनाका बारेमा थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित: May 06, 2022| 08:55 शुक्रबार, वैशाख २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...