शुक्रबार, साउन २९, २०८३

मतदानको ४८ घण्टा अगाडि सीमा नाका बन्द गर्न सरकालाई आग्रह

निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ४८ घण्टा अगाडिदेखि मतदानको कार्य सम्पन्‍न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न नेपाल सरकारलाई आग्रह गरेको छ।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं- निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ४८ घण्टा अगाडिदेखि मतदानको कार्य सम्पन्‍न नभएसम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न नेपाल सरकारलाई आग्रह गरेको छ। 

आयोगको बिहीबारको बैठकले वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न र मतदान हुने दिन आन्तरिकरुपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

यसैगरी स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ को दफा ७१ (मादक पदार्थ निषेध गर्ने) मा भएको व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैशाख २७ गते राति १२ बजेदेखि मतदानको कार्य सम्पन्‍न नभएसम्मका लागि तोकिएको क्षेत्रमा मादक पदार्थको बिक्री वितरण र सेवन सख्त निषेध गर्न गृह मन्त्रालयलाई लेखी पठाउने पनि आयोगले निर्णय गरेको छ।

मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि दुबै मुलुकसँगका सीमा नाकाहरु बन्द गरिने भएका छन्। 

प्रकाशित: May 05, 2022| 21:40 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...