मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • 'पोलिटिक्स फर सस्टेनेबिलिटी' बहसमा सिर्जना : घर सम्हालेकोले महानगर सम्हाल्ने तर्क

'पोलिटिक्स फर सस्टेनेबिलिटी' बहसमा सिर्जना : घर सम्हालेकोले महानगर सम्हाल्ने तर्क

सिर्जना सिंहले महानगरमा आफ्नो उम्मेदवारीपछि तय गरिएका एजेण्डाको फेहरिस्त सुनाइन्। उनले उम्मेदवारी दर्ताअघि देखि नै भन्दै आएको वाक्यांश यस सैद्धान्तिक बहसको कार्यक्रममा पनि छुटाइनन्। भनिन्, 'मैले घर सम्हालेर आएको महिला भएकोले महानगर पनि सम्हाल्न सक्छु। म एक बुहारी, सासु, छोरी सबै भएकोले सबैको भावनालाई समेटेर काम गर्नसक्छु।'
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं- स्थानीय निर्वाचनको मिति नजिकिएसँगै मतदाताको दैलोदैलो पुगेर मत मागिरहेकी सिर्जना सिंह बिहीबार अलि फरक कार्यक्रममा सहभागी भइन्। यस्ता कार्यक्रमहरुमा उनको सहभागीता नौलो नभए पनि मतदाताहरुलाई रिझाएर आफ्नो पक्षमा माहोल बनाउने चटारोका माझ सिर्जना सैद्धान्तिक बहसका कार्यक्रममा सहभागी भएकी हुन्। 

National life

कमलादीस्थित एक होटमा महिला अधिकारकर्मीहरुले आयोजना गरेको ‘पोलिटीक्स फर सस्टेनएविलिटी’ अन्तरक्रियामा सिर्जनाले सहभागिता जनाइन्। केही समय ढिलो गरी कार्यक्रममा पुगेकी सिर्जना आउनुअघि महिला हकअधिकारको विषयहरुमा छलफल भइरहेको थियो। सहभागीहरुले महिलाहरुको राजनीतिक स्थायीत्वक र आरक्षण विना महिला नेतृत्वमा पुग्‍नुपर्ने, सक्षम महिला र सफल नेतृत्वलगायतका विषयमा छलफल भइरहेको थियो। 

आयोजकले एक महिला मुलुकको संघीय राजधानीमा रहेको महानगरको नेतृत्वमा आउन लागेकोले सिर्जना सिंहलाई कार्यक्रममा आमन्त्रण गरिएको बताएको छ। सिर्जना कार्यक्रममा उपस्थित हुनासाथ जुन शीर्षकमा कार्यक्रम आयोजना गरिएको थियो, त्यसको मर्म नै अन्त मोडियो।  

सिर्जनाले चुनावी प्रचार अभियान र अन्य विभिन्‍न सार्वजनिक कार्यक्रमहरुमा गर्दै आएको भाषण बिहीबार पनि दोहोर्‍याइन्। उनले पशु अधिकारदेखि बालमैत्री सडकपेटी, सुरक्षित सहरलगायतका विषयलाई कार्यक्रममा प्रवेश गराइन्। 

सिर्जना सिंहले महानगरमा आफ्नो उम्मेदवारीपछि तय गरिएका एजेण्डाको फेहरिस्त सुनाइन्। उनले उम्मेदवारी दर्ताअघि देखि नै भन्दै आएको वाक्यांश यस सैद्धान्तिक बहसको कार्यक्रममा पनि छुटाइनन्।  भनिन्, 'मैले घर सम्हालेर आएको महिला भएकोले महानगर पनि सम्हाल्न सक्छु। म एक बुहारी, सासु, छोरी सबै भएकोले सबैको भावनालाई समेटेर काम गर्नसक्छु।' 

Shivam cement

उनको सहभागीता भएको ठाउँमा नछुट्ने अभिव्यक्तिबाट उनको महिला दृष्टिलाई झल्काएको छ। उनी यतिमै रोकिनन्। आफ्ना योजनाबारे अगाडि भनिन्, 'सफा र सुरक्षित काठमाडौं मेरो योजनामा छ। डिजिटल साक्षरता बढाएर भ्रष्टाचारमुक्त बनाउने योजना पनि मेरो छ।' 

उनले फेरि दोहोर्‍याइन् आफू एक आमा भएकोले बालबालिकाको व्यवस्थापन गर्ने प्रसंग। भनिन्,‘म आमा भइसकेको मान्छे। त्यहाँ रहेका बालबालिकालाई व्यवस्थापन गर्छु। ज्येष्ठ नागरिकको लागि हरेक वडामा ‘ज्येष्ठ नागरिक भवन’ बनाउँछु। ताकी सबै बुढाबुढी भेला भएर रमाइलो गर्ने ठाउँ बनोस्।’

कर्यक्रममा आफ्ना एजेण्डा सुनाउँदै मेयर उम्मेदवार सिर्जना सिंह।

त्यस्तै काठमाडौंको मुल समस्या रहेको ट्राफिक व्यवस्थापनलाई पनि सहजै व्यवस्थापन गर्न सकिने उनको विश्वास थियो। हरेक वडामा स्वास्थ्य प्रबर्द्धन केन्द्र स्थापना गर्ने, सामुदायिक स्कुलको स्तरोन्‍नति गर्नेजस्ता वाचा उनले गरिन्। यो सबै गर्न विज्ञहरुको समूह बनाएर काम गर्ने आश्वासन पनि बाँडिन्। 

यीसँगै सिंहले सधैँझैँ उक्त कार्यक्रममा पनि दोहोर्‍याइन्- 'सामाजिक सुरक्षा मेरो प्रमुख दायित्व हो। काठमाडौंमा म एक्लै हिडेर सुरक्षित सहरका आभास दिलाउने दाबी गरिन्। त्यसको लागि हरेक चोकमा सीसीटिभि राख्‍ने। ‘क्वीक रेस्पोन्स टिम’ वडावडा राखेर समस्याको तत्काल सुनुवाइ गर्ने, र एक्सन टिम बनाएर समाधान दिने योजना मेरो छ।'

कार्यक्रमको विषय निकै गहन थियो। तर, सिंहले भने आफ्ना चुनावी एजेण्डा भट्याएर कार्यक्रम सकिन्। सहभागी अन्य महिलाहरुले पनि मेयरमा जितिसकेपछि गर्नुपर्ने कामबारे आफूले जानेको सुझाव दिए। केहिले लिखित सुझाव नै सिंहलाई थमाए। 

प्रकाशित: May 05, 2022| 20:20 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...