मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसका विद्रोही उम्मेदवार, प्रस्ताव र समर्थक स्वतः निष्काशित

कांग्रेसका विद्रोही उम्मेदवार, प्रस्ताव र समर्थक स्वतः निष्काशित

'पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवार बनेका तथा त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थक वनेकाहरुको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निस्काशन भएको यसै विज्ञप्ति मार्फत सूचित गरिन्छ,' कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं- नेपाली कांग्रेसको आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका र बागीका समर्थक तथा प्रस्तावक कांग्रेसबाट स्वतः निष्काशित भएका छन्। नेपाली कांग्रेसले बिहीबार विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो। 

National life

'पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवार बनेका तथा त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थक वनेकाहरुको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निस्काशन भएको यसै विज्ञप्ति मार्फत सूचित गरिन्छ,' कांग्रेसले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। 

बागी उम्मेदवारी निष्क्रिय गराउन यसअघि पार्टीले वैशाख २१ गतेसम्मको म्याद दिएको थियो। यो अवधिमा पनि कांग्रेससँग असन्तुष्ट थुप्रै उम्मेदवारले उम्मेदवारी फिर्ता तथा निष्क्रिय बनाउन बाँकी छ। 

यस्तो छ कांग्रेसको विज्ञप्ति 

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा दलगत वा स्वतन्त्र उम्मेदवारी दर्ता गराएकाहरुको उम्मेदवारी फिर्ताका लागि निर्वाचन आयोगले २०७९ वैशाख १६ गते विहान १०ः०० (दश) वजेदेखि अपरान्ह ५ः०० (पाँच) वजेसम्मका लागि समय निर्धारण गरेको र उक्त समयमा कतिपय स्थानीय तहका उम्मेदवार स्वयंले आफ्नो उम्मेदवारी फिर्ता लिएका र कतिपय उम्मेदवारको उम्मेदवारी स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा २३(५) बमोजिम तोकिएको पदाधिकारीले फिर्ता लिन सक्ने व्यवस्था अन्तर्गत, सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी फिर्ताका लागि केन्द्र र प्रदेश कार्यसमितिबाट लेखी पठाइएकोमा, कतिपय ठाउँमा प्राविधिक कारणवश फिर्ता लिएका÷गरिएका उम्मेदवारको नाम पनि उम्मेदवारको सूचीमा कायमै रहेको देखिन आएको र कतिपय स्थानीय तहमा पार्टीद्वारा चयन गरिएका उम्मेदवारको सूचीमा आफु नपरेका कारण असन्तुष्टि र आवेगमा विद्रोही उम्मेदवारी दर्ता गराएका र फिर्ता लिनु पर्ने समयावधी समेत गुज्रीसकेको परिस्थितिमा,

Shivam cement

पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक वनेका पार्टी सदस्यको सदस्यता स्वतः समाप्त भई पार्टीबाट निस्काशित हुने वैधानिक व्यवस्था रहेको सन्दर्भमा,

पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थक वनेका पार्टी सदस्यले आफ्नो उम्मेदवारी प्रति पुर्नविचार गरी सार्वजनिक रुपमा वक्तव्य प्रकाशित गरी उम्मेदवारी निश्क्रिय गर्न र आधिकारिक उम्मेदवारका पक्षमा सक्रियतापूर्वक प्रचार अभियानमा संलग्न हुन अनुरोध गर्दै २०७९ वैशाख १९ गते प्रेस विज्ञप्ति मार्फत अनुरोध गर्दा समेत अटेर गरी पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध विद्रोही उम्मेदवार बनेका तथा त्यस्ता विद्रोही उम्मेदवारका प्रस्तावक र समर्थक वनेकाहरुको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निस्काशन भएको यसै विज्ञप्ति मार्फत सूचित गरिन्छ।

साथै, त्यस्ता विद्रोही उम्मेदवार र त्यस्ता उम्मेदवारका प्रस्तावक र समर्थकहरुको नामावली निर्वाचन आयोगले प्रकाशित गरेको उम्मेदवार, प्रस्तावक, समर्थकहरुको अन्तिम नामावलीहरुको आधिकारिक र प्रमाणिक विवरणको प्रतिलिपी सहित तत्काल केन्द्रमा पठाउनका लागि पार्टीको जिल्ला कार्यसमितिलाई यसै विज्ञप्ति मार्फत निर्देशानुसार अनुरोध गरिन्छ।

कृष्णप्रसाद पौडेल
मुख्य सचिव


प्रकाशित: May 05, 2022| 18:34 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...