मंगलबार, असार ९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • आयोगसँग ओलीको असन्तुष्टि कायमै, भने– सूर्यलाई हरियो बनाएर बेठिक गर्‍यो

आयोगसँग ओलीको असन्तुष्टि कायमै, भने– सूर्यलाई हरियो बनाएर बेठिक गर्‍यो

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको चुनाव चिह्न सूर्यलाई निर्वाचन आयोगले हरियो बनाएको भन्दै आपत्ति जनाएका छन्।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको चुनाव चिह्न सूर्यलाई निर्वाचन आयोगले हरियो बनाएको भन्दै आपत्ति जनाएका छन्। कैलालीको बौनियामा बिहीबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सूर्य चिह्नलाई हरियो बनाएर निर्वाचन आयोगले बेठिक काम गरेको बताए। 

National life

उनले भने, ‘यसपटक निर्वाचन आयोगले बेठिक काम गरेको छ। चुनाव चिह्न सूर्यलाई हरियो बनाएको छ। हामीले भन्दाभन्दै पनि रुखलाई हरियो बनाउनका लागि निर्वाचन आयोगले सूर्यलाई हरियो बनायो। पहिलो लहरमा सूर्य हुन्छ, नझुक्किनु होला।’

अध्यक्ष ओलीले कैलालीमा भएका हिंसात्मक घटनाप्रति दुःखी भएको बताए। जो मारिए पनि नेपाली मारिएको भन्दै त्यो राम्रो नभएको उनले बताए।

‘कैलालीमा भएका हिंसाका घटना दुखद् हुन्। को मारिए के मारिए भन्ने होइन जो मारिए पनि नेपाली मारिए, त्यो राम्रो भएन। परस्पर घृणा फैलाउने काम राम्रो भएन। एउटाले एक प्रकारको र अर्कोले अर्को प्रकारको नारा दिने द्वन्द्व लगाउने काम एमालेले गर्दैन। सामाजिक सद्भाव बिगार्ने काम एमालेले गर्दैन।’

२०७२ सालमा प्रदेश सीमाकंनको विषयमा कैलालीको टीकापुरमा फरक समुदायबीच विवाद भएको थियो, जसले भदौ ७ गते हिंसात्मक रुप लिएको थियो। घटनामा नेपाल प्रहरीका एसएसपीसहित ८ जनाको मृत्यु भएको थियो। त्यसको एक दिनपछि कर्फ्यु जारी भएको समयमा टीकापुर क्षेत्रमा थारु समुदायका ८० वटा घरमा आगजनी भएको थियो। ओलीले सोही घटनाको सन्दर्भमा बोलेका हुन्।

Shivam cement

प्रकाशित: May 05, 2022| 17:08 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...