मंगलबार, असार ९, २०८३

मुख्यमन्त्रीसहित ३७ जनालाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टदेखि बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानसम्मलाई स्पष्टीकरण सोधेको छ।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं– निर्वाचन आयोगले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टदेखि बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तानसम्मलाई स्पष्टीकरण सोधेको छ।

National life

आज बिहीबारसम्ममा ३७ जना व्यक्ति तथा राजनीतिक दललाई निर्वाचन आचारसंहिता विपरीत गतिविधि गरेकोमा स्पष्टीकरण सोधिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएश्र 

उनका अनुसार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई २४ घण्टाभित्र जवाफ पेश गर्न आयोगले निर्देशन दिएको छ। कैलालीको कैलारी गाउँपालिका–७ स्थित अग्निपीडितको स्थलगत अवस्था बुझ्न जाँदा प्रतिपरिवार ५० हजार रुपैयाँको दरले राहत दिने घोषणा गरेका कारण मुख्यमन्त्री भट्ट आचारसंहितामा तानिएका हुन्। यही विषयमा उनलाई स्पष्टीकरण सोधिएको प्रवक्ता पौडेलले जानकारी दिए।

त्यसैगरी निर्वाचन पर्यवेक्षण समितिका प्रदीप पोखरेललाई पनि स्पष्टीकरण सोधिएको छ। निर्वाचन आयोगका आयुक्त र म्यादी प्रहरीका विषयमा दिएको अभिव्यक्तिका विषयमा उनलाई स्पष्टीकरण सोधिएको हो। आयोगले रौतहटको दुर्गा भगवती गाउँपालिका–५ का वडाध्यक्ष पदका उम्मेदवार दुर्गानन्द चौधरीले मत प्रभावित गर्न एक महिलालाई २ हजार नगद दिएको तथा अर्को व्यक्तिलाई पाइप दिएको उजुरी परेपछि स्पष्टीकरण सोधेको हो।

यस्तै काठमाडौं महानगरमा नेकपा एमालेको तर्फबाट मेयर पदका उम्मेदवार केशव स्थापितले अर्का प्रतिस्पर्धी उम्मेदवार बालेन शाहको विषयमा दिएको अभिव्यक्तिलाई लिएर २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न स्पष्टीकरण सोधिएको पौडेलले जानकारी दिए। 

Shivam cement

त्यसैगरी सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१० का वडाध्यक्ष पदका उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजारको नोट दिएको विषयमा समेत स्पष्टीकरण सोधिएको पौडेलले बताए। त्यसैगरी बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान प्रचारप्रसारमा खटिएको हुनाले स्पष्टीकरण सोधिएको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेलाई पनि एमालेको प्रचारप्रसारमा खटिएको भन्दै स्पष्टीकरण सोधिएको छ। नगर प्रमुख घिमिरेले आफूले आचारसंहिता उल्लंघन गरेको स्वीकार्दै सके कारबाही गरेर देखाउन सार्वजनिक चुनौती दिएका थिए।

प्रकाशित: May 05, 2022| 16:46 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...