चितवन- प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले गठबन्धन बनाएकै कारण ८२ प्रतिशत साथीको भोट पाएर कांग्रेस सभापतिमा जितेको बताएका छन्।
सत्ताधारी ५ दलीय गठबन्धनले भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई भोट माग्न आयोजना गरेको चुनावीसभामा सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन्।
'रेणुलाई सहयोग गर्नुपर्छ भन्ने मेरो मान्यता छ। बरुजु नभएको नगर उहाँले बनाउनु भएको छ,' उनले भने, 'ठाउँठाउँ सडक पिच बनाएकाले यहाँको जग्गाको भाउ बढेको छ। अन्तर्राष्ट्रिय रंगशाला बनाउने घोषणा गर्नु भएको छ। यो सानो कुरा हो? यस्तो काम गर्ने नभएर को हुन्छ त यहाँ?'
उनले गठबन्धन आवश्यक भएको तर फुटाउने षड्यन्त्र भइरहेको बताए। 'गठबन्धन आवश्यक छ। यसलाई फुटाउने षड्यन्त्र भइरहेको छ,' उनले भने।