शुक्रबार, साउन २९, २०८३

गठबन्धनलाई भोट नहाले देश दुर्घटनामा जान्छ : प्रचण्ड

'लालसलाम र जयनेपालको सम्बन्धको सुरुवात २०४६ देखि सुरु भएको हो। त्यसअघि वामपन्थी र प्रजातान्त्रिकबीच नकारात्मक रूपमा हेर्ने प्रवृत्ति थियो। एक्लाएक्लै लड्ने कोसिस गरियो। तर सफल भएन। हँसिया हथौडा र चारतारे झण्डा एकठाउँमा नभएसम्म परिवर्तन सम्भव छैन भन्ने कुरालाई स्वीकार गरेर अघि बढ्दा सफल भयो,' प्रचण्डले भने।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनलाई भोट नहाले देश दुर्घटनामा जाने चेतावनी दिएका छन्। 

सत्ताधारी ५ दलीय गठबन्धनले भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई भोट माग्न आयोजना गरेको चुनावीसभामा सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन्। 

'गठबन्धनलाई भोट नहाले देश दुर्घटनामा जान सक्छ,' उनको चेतावनी छ, 'गठबन्धन राष्ट्रिय आवश्यकता हो। चितवनका जनताले राष्ट्रिय आवश्यकतालाई नजरअन्दाज गर्नुभयो भने देश दुर्घटनामा जान सक्छ।'

 नेपाली कांग्रेसको चारतारे झण्डा र हँसिया-हथौडा एकैठाउँ नभएसम्म परिवर्तन सम्भव नभएको दाबी गरेका छन्।

'लालसलाम र जयनेपालको सम्बन्धको सुरुवात २०४६ देखि सुरु भएको हो। त्यसअघि  वामपन्थी र प्रजातान्त्रिकबीच नकारात्मक रूपमा हेर्ने प्रवृत्ति  थियो। एक्लाएक्लै लड्ने कोसिस गरियो। तर सफल भएन। हँसिया हथौडा र चारतारे झण्डा एकठाउँमा नभएसम्म परिवर्तन सम्भव छैन भन्ने कुरालाई स्वीकार गरेर अघि बढ्दा सफल भयो,' प्रचण्डले भने।

उनले शान्ति सम्झौता र दोस्रो आन्दोलनमा पनि कांग्रेस-कम्युनिस्टकै सहकार्यका कारण सफल भएको बताए। 'देउवाजी यहीँ हुनुहुन्छ। म भूमिगत नै थिएँ। हामीले फोनामा कुरा गर्‍यौँ। त्यसपछि गिरिजाप्रसाद सँग भेट हुन थाल्यो। माधवकुमार नेपाल सँगै छौँ। त्यसको परिणाम १२ बुँदे समझदारी भयो। दोस्रो जनआन्दोलन भयो। शान्ति सम्झौतामा पुर्‍यायो। संघीय लोकतान्त्रिक घोषणामा आइपुग्यो,' उनले भने, 'एक्लै हिँड्न चाहनेलाई भन्न चाहन्छु। नेपालको इतिहासलाई नजिकबाट नियाल्ने कोसिस गरौँ। रुख र हँसिया-हथौडामा भोट हाल्नु सहकार्य र सहमतिको जन्म भएको हो। के २०४६ को आन्दोलनमा सहकार्य सही थिएन?'

प्रकाशित: May 05, 2022| 16:13 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...