शुक्रबार, साउन २९, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • गठबन्धनको सभामा रामचन्द्रको गुनासो- जगन्नाथजीले कुरै सुन्न चाहनुभएन

गठबन्धनको सभामा रामचन्द्रको गुनासो- जगन्नाथजीले कुरै सुन्न चाहनुभएन

जगन्नाथ पौडेललाई ओली प्रवृत्ति विरुद्ध लड्नका लागि गठबन्धन बनाएको उनको जिकिर थियो। 'मैले उहाँहरूलाई अहिले नपालमा जुन राजनीति चलिरहेको छ। नेपाली कांग्रेसको प्रतिस्पर्धा को सित हो? नेपाली कांग्रेसको प्रतिस्पर्धा प्रचण्ड होइन। ओली प्रवृत्ति हो। ओली प्रवृत्तिसँग हाम्रो द्वन्द्व छ,' पौडेलले भने।
 |  बिहीबार, वैशाख २२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २२, २०७९

काठमाडौं- नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले चितवन भरतपुर नगरपालिका मेयरका बागी उम्मेदवार जगन्नाथ पौडेलले आफ्नो कुरै सुन्ना नचाहेको गुनासो गरेका छन्। सत्ताधारी ५ दलीय गठबन्धनले भरतपुरमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाललाई भोट माग्न आयोजना गरेको चुनावीसभामा सम्बोधन गर्दै नेता पौडेलले यस्तो गुनासो गरेका हुन्।

भरतपुरको चुनवा राष्ट्रिय चर्चाको विषय भएको छ। हाम्रै केही साथी ले केही प्रश्न उठाउनु भएको छ। म उहाँहरूको उत्तरका लागि उपस्थित भएको छु। मैले बिहान मात्रै जगन्नाथ पौडेललाई बोलाएर संवाद गर्न चाहेँ। मैले केही कुरा गर्न सुरु गरेँ। तर उहाँहरू धैर्य राख्न सक्नु भएन। उहाँहरू चाँडै उठेर जानुभयो,' पौडेलको गुनासो छ, 'उत्तेजनामा मात्रै उहाँहरू अहिले असन्तुष्टि व्यक्त गरेर उत्रेको जस्तो लाग्यो।'

जगन्नाथ पौडेललाई ओली प्रवृत्ति विरुद्ध लड्नका लागि  गठबन्धन बनाएको उनको जिकिर थियो। 'मैले उहाँहरूलाई अहिले नपालमा जुन राजनीति चलिरहेको छ। नेपाली कांग्रेसको प्रतिस्पर्धा को सित हो? नेपाली  कांग्रेसको प्रतिस्पर्धा प्रचण्ड होइन। ओली प्रवृत्ति हो। ओली प्रवृत्तिसँग हाम्रो द्वन्द्व छ,' पौडेलले भने।  

प्रकाशित: May 05, 2022| 15:31 बिहीबार, वैशाख २२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...